Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री देउवा २० सदस्यीय टोलीको नेतृत्व गर्दै बेलायत भ्रमणका लागि प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, कार्तिक १२ २०७८
  • 2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा बेलायतमा आयोजना हुने जलवायु सम्मेलनमा सहभागी हुन त्यसतर्फ जानु भएको छ । केही बेरअघि कतार एअरवेजको उडानबाट प्रधानमन्त्री देउवा लण्डनतर्फ लाग्नु भएको हो ।

प्रधानमन्त्रीको भ्रमण दलमा वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादव तथा विभिन्न मन्त्रालयका आधा दर्जन सचिवहरुसहित २० जना रहेका छन् ।

टोलीमा वन तथा वातावरण मन्त्री यादव, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, वन मन्त्रालयका सचिव पेमनारायण कँडेल, अर्थ मन्त्रालयका सचिव, मधुकुमार मरासिनी, ऊर्जा मन्त्रालयका सचिव देवेन्द्र कार्की, गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी सहभागी छन् ।

गत असार अन्तिममा प्रधानमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवा यही कात्तिक १५ गते स्कटल्याण्डको ग्लास्गो शहरमा हुने विश्व जलवायु कोप–२६ सम्मेलनको उद्घाटन समारोहमा सहभागी हुनुहुने छ । उहाँले उक्त सम्मेलनलाई सम्बोधन समेत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपालले जलवायु परिवर्तनको असर, त्यसको न्यूनीकरण तथा अनुकूलनका लागि गर्नुपर्ने उपाय लगायतका विषयमा कुरा राख्ने छ । बेलायतमा रहँदा प्रधानमन्त्री देउवाले त्यहाँ रहेका नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा सहभागी हुने तथा विभिन्न देशका समकक्षीहरुसंग भेट वार्ता गर्ने प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । देउवा कात्तिक १८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४