Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रुसमा कोरोना संक्रमण बढेपछि पुनः लकडाउन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक ११ २०७८
  • 2.7K
    SHARES

एजेन्सी । रुसमा कोरोना संक्रमण दर दिनानु दिन बढेपछि पुनः लकडाउन गरिएको छ ।

कोरोनाबाट एकै दिन ११ सय जनाको मृत्यु भएपछि रुसमा बिहीबारदेखि लागू हुने गरी देशभर १ महिनाको लकडाउन गरिएको हो । लकडाउन अवधिभर औषधि पसल र सुपरमार्केट बाहेक अन्य कुनै पनि व्यवसाय वा व्यापारिक क्षेत्र खोल्न प्रतिबन्ध लगाइएको छ ।

पछिल्लो समय रुस कोरोना महामारीको मारमा परेको छ । दैनिक संक्रमितको संख्या ३० हजार नाघेपछि त्यहाँका अस्पतालहरू कोरोना संक्रमितले खचाखच भरिन थालेका छन् । कोरोनाबाट मृत्यु हुनेहरुमा दोश्रो डोज खोप लगाएकाहरू रहेका छन् ।

यसअघि रुसले सेन्ट पिटर्सबर्गसहित मूख्य शहरहरूका पसलहरू मात्रै बन्द गर्ने घोषणा गरेकोमा संक्रमण ह्वात्तै बढेपछि देशव्यापी लकडाउन गरिएको हो । रुसमा कोरोनाका कारण हालसम्म २ लाख ३३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ८३ लाख ५२ हजार ६ सय नाघेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४