Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लगातार चौथो दिन पनि बढ्यो शेयर बजार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १० २०७८
  • 5.1K
    SHARES

काठमाडौं । शेयर बजार परिसूचक नेप्से लगातार चौथो दिन बढेको छ । साताको चौथो दिन बुधबार समेत शेयर बजार १८.०६ अंकले बढेर बन्द भयो । बजार २७६९.१३ बिन्दुमा पुगेको छ ।

बुधबार बजार ०.६६ प्रतिशतले वृद्धि भयो । बजार बढ्न थालेसँगै कारोबार रकममा समेत सूधार देखिएको छ । अघिल्लो साता दुई/तीन अर्बमा सिमित दैनिक कारोबार बुधबार भने ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८ सय ४० रुपैयाँको भयो । यो रकम मंगलबारको तुलनामा समेत बढेको छ । बुधबार कुल २२८ वटा कम्पनीको ७५ हजार ६ सय १२ वटा कारोबार भयो । यी कारोबारमा कुल १ करोड १५ लाख ९२ हजार २ सय ३५ कित्ता शेयर किनबेच भएको छ । बुधबार जिवन बिमा कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी बढेको छ ।

बैंकिङ, ट्रेडिङ, फाइनान्स, ननलाइफ, अन्य, माइक्रोफाइनान्स, म्यूचअल फण्ड र इन्भेष्टमेन्ट उपसमूहको परिसूचक समेत हरियो रह्यो । तर, होटेल र पर्यटन, विकास बैंक, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक भने राताम्मे रह्यो ।

बुधबार बेस्ट फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी कमाए । यो कम्पनीको मूल्य ८.६८ प्रतिशतले वृद्धि भएर ५८० रुपैयाँ पुगेको छ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्स, मानुषी लघुवित्त वित्तीय संस्था र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीसमेत बढी कमाउने कम्पनीमा परे । बुधबार नबिल बैंकको सबैभन्दा बढी कारोबार भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४