Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ९ २०७८
  • 2.9K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीश र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच सामूहिक छलफल सुरु भएको छ ।

उनीहरुबीच न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल भएको हो । छलफलको क्रममा न्यायाधीशहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग्ने सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

सोमबार प्रधानन्यायाधीश जबराले तोकेको इजलास बहिस्कार गरेर उनीहरु छुट्टै छलफलमा बसेका थिए । सोही छलफलमा प्रधानन्यायाधीशसँगको भेटमा राजीनामा माग्ने सहमति भएको स्रोतले जनायो ।

सोमबार नै नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको थियो । चार पूर्वप्रधानन्यायाधीशहरुले पनि अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका थिए ।

संवैधानिक परिषद्सम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरा राजीनामा दिनुपर्ने दबाबमा छन् । यद्यपि जबराले बीबीसी न्युज नेपालीसँगको कुराकानीमा पदबाट राजीनामा नदिने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४