Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चका न्यायाधीशहरुले सामूहिक रुपमा प्रधानन्यायाधीशलाई भेट्दै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक ९ २०७८
  • 4.5K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशहरुले आज प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई भेट्ने भएका छन् । न्यायिक नेतृत्वमा देखिएको समस्या र समाधानका बारेमा छलफल गर्न उनीहरुले सामूहिक रुपमा प्रधानन्यायाधीश जबरालाई भेट्न लागेका हुन् । भेटका लागि विहान साढे ११ बजेको समय तय भएको छ ।

‘भेटघाटमा के–के विषयवस्तु उठाउने भनेर हामीले तयारी गरेका छौं । तर भेटघाट हुनुअघि ती विषय बाहिर नल्याउने सहमति भएको छ’ सर्वोच्च अदालतका एक न्यायाधीशले भने, ‘उहाँको रवैया कस्तो हुन्छ, त्यसका आधारमा हामी फेरि छलफल गरेर उपयुक्त निष्कर्षमा पुग्नेछौं ।’

भेटघाटको विषयवस्तु तय गर्न सोमबार सर्वोच्च अदालतका १३ जना न्यायाधीश छलफलमा जुटेका थिए । अघिल्लो दिन बैंठकमा सहभागी भएका न्यायाधीश नहकुल सुवेदी भने विदामा बसेका कारण बैठकमा सहभागी हुन पाएनन् ।

सोमबार नै नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई ‘निकास दिन’ आग्रह गर्ने निर्णय गरेको थियो । सर्वोच्च बारले पनि अपरान्ह त्यस्तै निर्णय गर्यो । चार पूर्वप्रधानन्यायाधीशहरुले अवेर राति विज्ञप्ति निकालेर प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन आग्रह गरेका थिए ।

संवैधानिक परिषदसम्बन्धी मुद्दाको सुनुवाइ रोकेको, सर्वोच्च अदालतको पेशी व्यवस्थापनमा गोला प्रथा लागू गर्न नमानेको, कार्यकारी निकायसँग लेनदेनमा सहभागी भएको जस्ता आरोप लागेका प्रधानन्यायाधीश जबरा राजीनामा दिनुपर्ने दबाबमा छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४