Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खसीको पक्कु कसरी स्वादिष्ट बनाउने ?


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, माघ २८ २०७८
  • 12.6K
    SHARES

‘दशैं आयो, खाउँला पिउँला’ । भलै आजको दिनमा मीठो मसिनो खानका लागि दशैं कुर्नुपर्ने बाध्यता नहोला, तर दशैं भन्नसाथ सबैलाई लाग्छ यो मीठोमसिनो खाने चाड हो । तिहारको सेलरोटी, माघे संक्रान्तिको कन्दमुल, असार पन्ध्रको दही –चिउरा भनेजस्तै दशैंको विशेष व्याञ्जन हो, खसीको मासु । त्यसमा पनि खसीको पक्कु । पाहुना लाग्दा होस् वा पाहुनालाई घरमा निम्त्याउँदा, खसीको पक्कुले स्वागत गरिन्छ ।

खसीको पक्कु बनाउने परम्परागत तौरतरिका छन् । सबैले आ–आफ्नै ढंगले खसीको पक्कु बनाइरहेकै हुन्छन् । यद्यपि यहाँ मैले आफ्नो अनुभवको आधारमा केही कुरा साझेदार गरेको छु ।

  • पकाउने विधी

खसीको मासुमा तोरीको तेल नुन बेसार र गरम मसलाको धुलो मोलेर केही बेर छोपेर राख्ने । तेसपछि ढलोटको कसौडीमा तोरीको तेलसँगै आफ्नो स्वाद र रुचिअनुसार ज्वानो मेथी टिमुर अथवा तेज पत्ता राखेर भुट्ने । मासु पूरै पाक्नुअघि सिलौटोमा पिधेको जिरा, धनियाँ, लसुन हरियो खुर्सानी अनि अदुवाको पेस्ट राखेर केही बेर भुट्ने र पाकी सकेपछि हरियो धनियाको पात काटेर माथिबाट छर्किने ( धनियाँको पात राख्दा चिमोटेर राखेको राम्रो) ।

अब यो खानको लागि तयार भयो र २-४ दिनपछि सम्मपनि बिग्रिँदैन तत्काल खानको लागि हो भने प्याज र टमाटरको प्रयोग गर्न पनि सकिन्छ । तर पछिसम्मको लागि हो भने टमाटर प्याज राख्नुहँुदैन ।

  • पक्कुको लागि कुन भाग उचित ?

टाउको र खुट्टाबाहेक अन्य कुनै पनि मासु प्रयोग गर्न सकिन्छ । यदि फिला र ढाडको मासु भयो भने राम्रो हुन्छ ।

  • कस्तो भाँडा उपयुक्त हुन्छ ?

ढलोट या पित्तलको कसौंडी प्रयोग गर्ने । पुरानै परम्परागत शैलीमा बनाउने हो भने ढलोटको कसौडी प्रयोग गर्ने ।

  • यसमा के कस्ता मरमसला मिसाउँदा स्वादिष्ट हुन्छ ?

जिरा, धनियाँ, तेजपत्ता, दालचिनी, अदुवा, लसुन मात्रै राखेर बनाउन सकिन्छ । अहिले बजारमा पाउने गरम मसला मा १४÷१५ थरी मसलाहरु मिसाइएको हुन्छ । त्यो प्रयोग गर्न पनि सकिन्छ ।

  • कसरी पकाउने ? पकाउने पनि भिन्नै विधि हुन्छ कि ?

पकाउने विधि भिन्दाभिन्नै हुन्छ । खासगरी परम्परागत शैलीलाई नै हेर्ने हो भने यो दशैंमा मासु धेरै हुने र त्यो बेला फ्रिज नहुने भएकाले मासुलाई पछिसम्म पनि खान मिलोस् भनेर तोरीको तेलमा मात्रै नुन, बेसार र गरम मसला राखेर मज्जाले भुटेर राखिन्थ्यो ।

त्यसरी राखेको मासु एक डेढ महिनासम्म पनिबिग्रिदैनथ्यो  र त्यो मासुलाई पछि आफ्नो रुचिअनुसार झोल ग्रेभी या सुक्खा भुटेरै खानका लागि प्रयोग गरिन्थ्यो । तर अहिले प्रायः तत्काल खानकै लागि बनाउने भएकाले केही फरक तरिका विधिहरु पनि प्रयोग हुन्छन् ।

  • कति समय पकाउने ?

लगभग ४५ मिनेटदेखि एक घण्टासम्म । पकाउने विधी आ आफ्नै हुनसक्छ । स्वाद र रुची अनुसार फरक विधीबाट पनि तयार गर्न सकिन्छ । कतिपयले मासुमा वाइन, भोड्का आदि मिसाउने गर्छन् । पक्कुको लागि यी पेयहरु मिसाउनु जरुरी छैन ।

प्रायः दशैंको परिकार चिल्लोचाप्लो हुन्छ । यसलाई कम चिल्लोचाप्लो बनाउन सकिएला ?

बोसो कम भएको मासु रोज्ने साथै तेलको कम प्रयोग गर्ने । तेलको प्रयोग कम गर्दा मासु डढ्न सक्छ । त्यसको लागि बरु अलिकति बढी समय लगाएर सानो आगोमा पकाउने ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४