Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३५ पुग्यो, २३ जना अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 3K
    SHARES

बैतडी । सुदूरपश्चिम प्रदेशमा बाढीपहिरो तथा प्राकृतिक विपत्तिबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

असोज ३१ गतेदेखिको अविरल वर्षासँगै भएका प्राकृतिक विपद्को घटनामा परेर शनिबार अपरान्हसम्म ३५ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विपद्बाट सबैभन्दा बढी मानवीय क्षति डोटीमा भएको छ । त्यहाँ १६ जनाको मृत्यु भएको हो । बझाङमा दश, बैतडीमा चार, डडेल्धुरामा तीन, अछाम र कैलालीमा एक÷एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

विपद्मा परेर प्रदेशका २३ जना अझै बेपत्ता छन् । बझाङमा २० र बैतडी, डोटी, कैलालीमा एक/एक बेपत्ता रहेका हुन् । डोटीमा ११, डडेलधुरामा दुई, बैतडीमा दुई र बझाङ र बाजुरमा एक/एक जना गरी १७ जना घाइते भएका छन् ।

बाढी, पहिरो र डुवानमा परेर एक सयभन्दा बढी पशुचौपाया मरेका छन् भने ६० बढी बेपत्ता छन् । पहिरोले बझाङमा १२, डोटीमा ६ र डडेल्धुरामा दुई गरी २० घरमा पूर्ण क्षति पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४