Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी-२० विश्वकप : श्रीलंका समूह विजेता


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, कार्तिक ६ २०७८
  • 13K
    SHARES

काठमाडौं । नेदरल्याण्ड्सलाई पराजित गर्दै श्रीलंका समूह विजेता बनेर आईसीसी टी-२० विश्वकप क्रिकेटको सुपर १२ मा प्रवेश गरेको छ ।

पहिलो चरणअन्तर्गत समूह ए को अन्तिम खेलमा श्रीलंकाले शुक्रबार राति नेदरल्यान्ड्सलाई ८ विकेटले पराजित गरेको हो ।

श्रीलंका लगातार तेस्रो जित्दै समूह ए को विजेता बनेको हो । यस समूहबाट नामिबिया दुई खेल जित्दै उपविजेता बन्दै सुपर १२ मा पुगेको छ ।

दोस्रो चरणमा श्रीलंका ग्रुप एक मा परेको छ । यस समूहमा अष्ट्रेलिया, दक्षिण अफ्रिमा, इंग्ल्याण्ड, वेष्ट इन्डिज र बंगलादेश छन् ।

शारजहाँमा नेदरल्यान्ड्सले दिएको ४५ रनको लक्ष्य श्रीलंकाले ७.१ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गर्‍यो ।

श्रीलंकाको जितमा ओपनर कुशल परेराले अविजित ३३ रन बनाए । अभिस्का फर्नान्डो २ रनमा अविजित रहे ।

नेदरल्यान्ड्सका ब्राण्डन ग्लोभर र पाउल भान मिकरेनले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले श्रीलंकाली बलरको घातक बलिङसामु टिक्न सकेन र १० ओभरमै ४४ रनमा अलआउट भएको थियो ।

नेदरल्यान्ड्सका कोलिन एकार्मानले ११ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेदरल्यान्ड्सलाई अलआउट समेट्न लाहिरु कुमारा र वानिन्दु हसरंगा डी सिल्भाले तीन/तीन विकेट लिए । यस्तै महेश थिकसानाले दुई तथा दुश्मन्था चामिराले एक विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४