Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टी२० विश्वकप विजेताले नगद १६ लाख डलर पुरस्कार पाउने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २४ २०७८
  • 7.1K
    SHARES

काठमाडौं । यही अक्टोबर-नोभेम्बरमा आयोजना हुने आईसीसी टी-२० विश्वकप क्रिकेटको विजेताले १.६ मिलियन अर्थात १६ लाख अमेरिकी डलर पुरस्कार पाउने भएका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले आइतबार टी२० विश्वकपको पुरस्कार राशी घोषणा गर्दै विजेताले १६ लाख डलर पाउने जनाएको हो ।

कूल ५.६ मिलियन अर्थात ५६ लाख अमेरिकी डलर पुरस्कार रहेकोमा उपविजेताले ८ लाख अमेरिकी डलर पाउने छन् ।

यसैगरी सेमिफाइनल पुग्ने दुई टोलीले समान ४ लाख अमेरिकी डलर पाउने छन् ।

यस्तै पहिलो चरणमा एक खेल जित्नेमा नगद ४० हजार अमेरिकी डलर पाउनेछन् । दोस्रो चर्ण अर्थात सुपर १२ मा एक खेल जित्दा ४० हजार अमेरिकी डलर प्राप्त हुनेछ । सुपर १२ बाट बाहिरिने टिमले ७० हजार डलर पाउनेछन् ।

आईसीसी टी२० विश्वकपको सातौं संस्करण यही अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म युएई र ओमानमा संयुक्त रुपमा आयोजना हुँदैछ ।

कूल १६ टोलीको सहभागिता रहेने टी२० विश्वकपमा पहिलो चरणमा ८ टिमले प्रतिस्पर्धा गर्नेछन् । यसबाट शीर्ष चार दोस्रो दोस्रो चरण अर्थात सुपर १२ मा प्रवेश गर्नेछ । सुपर १२ पछि शीर्ष चार टिम सेमिफाइनल पुग्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४