Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपी पुर्पक्षका लागि कारागार चलान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १९ २०७८
  • 2.9K
    SHARES

संखुवासभा । संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको ६ जनाको हत्यामा संलग्न आरोपीलाई अदालतले थुनामा राख्न आदेश दिएको छ । संखुवासभा जिल्ला अदालतले चार जना अभियुक्तहरुलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

मादी नगरपालिका–१ उम्लिङ खोला गाउँका खड्गबहादुर कार्की, लोकबहादुर कार्की, रणबहादुर कार्की र हस्तबहादुर कार्कीलाई सोमबार पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको अदालतका सूचना अधिकारी डिल्ली प्रसाईंले जानकारी दिए । अदालतले १७ वर्षीय नरेश कार्कीलाई बाल सुधार गृह विराटनगर पठाउन आदेश दिएको छ ।

गत भदौ २१ गते बिहान मादी–१ उम्लिङ खोला गाउँस्थित ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया उनीकी आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ८ वर्षीय दीपेन कार्की र नातिनी ५ वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४