Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काँग्रेसमा महाधिवेशन प्रतिनिधिमा पराजितहरु जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाउने


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असोज १९ २०७८
  • 3K
    SHARES

नेपाली काँग्रेसले महाधिवेशन प्रतिनिधिमा पराजितहरुले जिल्ला कार्यसमितिमा उम्मेदवारी दिने व्यवस्थालाई प्रस्ट पारेको छ । काँग्रेसको केन्द्रीय निर्वाचन समितिले जिल्ला कार्यसमितिको सभापतिबाहेक पदमा महाधिवेशन प्रतिनिधिमा पराजितहरुले उम्मेदवार हुन पाउने कुरालाई प्रस्ट पारेको हो । काँग्रेस निर्वाचन समितिका संयोजक महादेव प्रसाद यादवले सोमबार एउटा परिपत्र जारी गरि महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि जिल्ला सभापति बाहेकका पदमा उम्मेदवार हुन पाउने उल्लेख छ ।

उनका अनुसार उक्त व्यवस्था दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा क्षेत्र भएका जिल्लामा मात्र लागू हुनेछ। काँग्रेस निर्वाचन समितिका सदस्य गोल कृष्ण घिमिरेका अनुसार यो नयाँ व्यवस्था होइन । १२ औं महाधिवेशनदेखि निर्वाचन समितिमा बसेर काम गरिरहेका उनले रातोपाटीलाई भने, ‘यो नयाँ व्यवस्था होइन । यो विधानमै व्यवस्था छ । तर धेरै निर्वाचन अधिकृतले यो कुरा नबुझेर महाधिवेशन प्रतिनिधिमा पराजितले जिल्ला कार्यसमितिमा उम्मेदवार हुन पाइँदैन भन्ने अर्थ लगाउन थाले । अनि हामीले निर्णय गरेर पठाएका हौं ।’

सोमबार गोरखाको जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमा पराजितलाई जिल्ला कार्यसमितिको उम्मेदवार बन्न निर्वाचन अधिकृत रोक लगाउनु खोजपछि उक्त निर्णय गरिएको उनको भनाइ छ । ​घिमिरेले भने, ‘१३ औं महाधिवेशनमा पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकाहरुले जिल्ला सभापति बाहेकमा उम्मेदवार हुन पाउनु भएको थियो ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४