Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुख र प्रधानमन्त्रीसँग एक्लाएक्लै सम्वाद गर्न चाहन्छन् केपी ओली


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १४ २०७८
  • 8.7K
    SHARES

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा संसदमा नाराबाजी गरिरहेको नेकपा एमाले स्वयंम अनुपस्थित भयो। बालुवाटारमा बसेको बैटकमा सहभागी दलहरुले संसदको गतिरोध अन्त्य गर्न सकारात्मक भइदिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे ।

तर बिहीबार पनि एमालेले संसदमा नाराबाजी गर्‍यो । बैठक सुरु हुनासाथ नाराबाजी गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले संसद सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर नाराबाजी नरोकिएपछि महालेखा परीक्षकको बार्षिक प्रतिवेदन पेश भयो र संसद बैटक १९ गते १ बजे अर्को बस्ने गरी स्थगित भएको छ ।

तर गत्यावरोध अन्त्यको संकेत देखिएको छैन । संसदमा कहिलेसम्म नाराबाजी जारी रहन्छ भन्ने प्रश्नमा एमाले नेताहरु भन्छन्, ‘यो अवरोध खुलाउन खोज्नुभएको हो भने सभामुखले प्रमुख प्रतिपक्षी दलको नेतासँग व्यक्तिगत रुपमा भेट्नुस् ।’

एमाले प्रमुख सचेतक विशाल भट्टराई सभामुखको निर्णय र सरकारले गरेका पछिल्ला निर्णयहरुका कारण आफूहरुले संसदमा अवरोध गरिरहेको बताउँछन् ।

आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुखले दल विभाजनमा भूमिका खेलेको एमालेको आरोप छ । पछिल्ला दिनमा सरकारसँग पनि केही आपत्तिहरु थपिएको भन्दै प्रमुख सचेतक भट्टराईले बताए ।

एमाले विभाजन गर्न नै हठात संसद अधिवेशन अन्त्य गरेर राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएको र संसदमा टेबल भएको त्यही अध्यादेशलाई अलपत्र छाडेर फेरि राष्ट्रपतिमार्फत खारेज गराएको भन्दै उनले भने, यो संविधान विपरित छ, नैतिक दृष्टिकोणले पनि उचित काम भएन ।’

प्रमुख सचेतक भट्टराई भन्छन्, ‘एमालेले उठान गरेका मुद्दाहरुबारे सत्तापक्ष वा सभामुखले एमालेसँग डाइरेक्ट सम्वाद गर्दा भइगयो, किन सबैलाई साक्षी राख्नुपर्‍यो ?’

एमाले सांसद खगराज अधिकारीले पनि संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री देउवा र सभामुखसापकोटाले आफ्नो पार्टीका अध्यक्ष केपी ओलीसँग एक्ला एक्लै भेट्नुपर्ने बताएका छन् । सभामुखसँग संसद भवनमै भेट भएको थियो, कानुनमन्त्री पनि हुनुहन्थ्यो । हामीले सभामुखलाई विपक्षी दलको नेतालाई भेट्नुस भन्यौं र कानुनमन्त्रीलाई पनि प्रधानमन्त्रीलाई विपक्षी दलको नेतालाई भेट्न आग्रह गर्नुस भन्यौं तर, त्यसो हुन सकेको छैन’ अधिकारीले भने ।

त्यसविपरित सर्वदलीय बैठक बोलाएकाले आफूहरु अनुपस्थित भएको उनले बतँए । बिहीबार प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा नजानुको अर्को कारण माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको सहभागिता पनि भएको उनले बताए । आफूले यो पार्टी अवैधानिक भएको जिकिर गर्दै आएको भन्दै उनले त्यो दललाई वैधता दिने गरी आयोजित बैठकमा एमाले नजाने बताए ।

अर्को कारण चाहिँ संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिहरुको निरन्तरता खोजेको अधिकारीले संकेत गरे । सत्तारुढ गठबन्धन र प्रधानमन्त्री देउवा अध्यादेशमार्फत भएका ५२ जनाको नियुक्ति खारेज गर्न लागि परेको भन्दै उनले भने, उहाँहरु अनेक उपाय गर्दै हुनुहुन्छ । तर थपे, ‘फेरि नियुक्ति हुँदैन किनभने विपक्षी दलको नेता त्यहाँ (संवैधानिक परिषदको बैठकमा) जानुहुन्न भन्ने जान्दा जाँदै किन निहुँ खोज्नुहुन्छ ? त्यसकारण व्यक्तिगत रुपमा भेट्नुस् त्यसपछि सर्वदलीय बैठक राख्नुस्, भनेका छौं ।’

सांसद अधिकारीले आफ्नो पार्टीको अध्यक्षसँग प्रधानमन्त्री देवउाले एक्लै भेटेपछि मात्रै संसदको अवरोधका विषयमा छलफल हुने पटक–पटक दोहोर्‍याए । उनजे भने, ‘प्रधानमन्त्रीजीले विपक्षी दलको नेतासँग किन वार्ता संवाद गर्न सनुहुन्न ?’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४