Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभा बैठकमा एमालेको अवरोध, कारबाही भने जारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असोज १४ २०७८
  • 10.6K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले प्रतिनिधिसभाको बिहीबारको बैठक पनि अवरोध गरेको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नासाथ पार्टीले सांसदलाई गरेको कारबाही कार्यान्वयन नगरेको भन्दै एमाले सांसदले सभामुखको भूमिकामा प्रश्न उठाउँदै नाराबाजी थाले ।

एमाले सांसदहरूले बेल घेराउ गर्दै नाराबाजी गरिरहेकै बेला सभामुख सापकोटाले बस्नका लागि आग्रह गरे पनि लामो समसम्म नबसेपछि सदनको काम–कारबाही अघि बढाउनुभयो ।

नाराबाजीकै बीच सभामुखले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गरेको तथा आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणित गरेको सूचना पढेर सुनाउनुभयो ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखापरीक्षकको प्रतिवेदन सदनसमक्ष पेश गर्नुभएको थियो ।

एमाले सांसदको नाराबाजी जारी रहेपछि यही असोज १९ गते दिउँसो १ बजेसम्मका लागि सभामुख सापकोटाले बैठक स्थगित गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४