Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसको जिल्ला सभापति उठ्न ६० हजार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १३ २०७८
  • 2.6K
    SHARES

काठमाडौं । दोलखा कांग्रेसले जिल्ला सभापतिमा उम्मेदवारको मनोनयनका लागि ६० हजार शुल्क तोकेको छ । दोलखा कांग्रेसले केन्द्रको निर्णय लत्याउँदै मनोमानी ढंगले उम्मेदवारको मनोनयन दर्ताको शुल्क ६० हजार तोकेको हो । तर, विधानत केन्द्रीय सभापति लड्न जम्मा ३० हजार तोकिएको छ ।

त्यस्तै महाधिवेशन प्रतिनिधिका लागि ५० हजार, जिल्ला कार्यसमितिको पदाधिकारीका लागि ४० हजार र कार्यसमिति सदस्यका लागि १५ हजार शुल्क तोकिएको छ । त्यस्तै क्षेत्रीय सभापतिका लागि ३० हजार शुल्क तोकिएको छ ।

पार्टी केन्द्रले जिल्ला सभापतिका लागि १० हजार र महाधिवेशन प्रतिनिधिका लागि ५ हजार शुल्क तोकेको छ । यसैगरी, क्षेत्रीय सभापतिका लागि ७ हजार मनोनयन शुल्क तोकेको छ ।

केन्द्रीय पार्टीको निर्वाचन निर्देशिका लत्याएर मनोमानी ढंगले मनोनयन शुल्क तोकिएको प्रति दोलखाका कांग्रेसीजन रुष्ट भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४