Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमाले बैठक : विधान महाधिवेशनमा पेस गर्ने प्रतिवेदन पारित, घनश्याम भुषालको फरक मत


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज १० २०७८
  • 12.5K
    SHARES

काठमाडौं,  । नेकपा एमालेले विधान महाधिवेशनमा पेस गरिने विभिन्न प्रतिवेदन पारित गरेको छ । आइतबार तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको सांगठानिक प्रतिवेदन र उपमहासचिव बिष्णु पौडेलको विधान मस्यौदा प्रतिवेदन सुझावसहित पारित गरेको हो ।

एमालेले अब विधानमै सात उपाध्यक्ष राख्ने सुझाव अनुमोदन गर्ने भएको छ । विधान महाधिवेशनअघि प्रस्तावित एमालेको विधानमा ३ उपाध्यक्ष राख्ने मस्यौदा गरिएको थियो । उक्त मस्यौदामाथि अधिकाँश सदस्यहरुले सात उपाध्यक्षको व्यवस्था गर्नुपर्ने सुझाव दिएका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष ओलीले उक्त सुझाव राम्रो भएको भन्दै त्यसलाई केन्द्रीय कमिटीबाट निर्णय गरेर अघि बढाइने बताउनुभयो । एमालेको तीन बुँदामा एमाले उपमहासचिव घनश्याम भुषालले भने फरक मत राख्नुभएको छ । भुसालले राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवादबारे प्रष्ट नभएको भन्दै फरक मत राख्नुभएको हो ।

यसअघि छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले संसद विघटनको बचाउ गर्नुभएको थियो । ओलीले गत पुस र वैशाखमा प्रतिनिधि सभा विघटन गर्नुभएको थियो । दुबै पटक सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटन असंवैधानिक भएको आदेश दिएको थियो ।

सर्वोच्चले नेपालको संविधानमा संसदबाट नयाँ सरकार बन्न सक्ने अवस्था रहुन्जेल संसद विघटन नहुने व्यवस्था रहेको व्याख्या गरेको छ । तर ओलीले भने दुबै पटकको संसद विघटन उचित भएको तर्क गर्दै आउनुभएको छ । बैठकमा सदस्यहरुले पार्टी एकताका विषयमा उठाएका प्रश्नको जवाफ दिँदै अध्यक्ष ओलीले माओवादीसँगको एकता सोचिविचारी नै गरेको जवाफ दिनुभयो ।

तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न नसकिएको उहाँको तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४