Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ताप्लेजुङमा किशोरीको शंकास्पद शव, हत्याको आशंका ! प्रहरीले चासो नदिएको आफन्तको गुनासो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 2.7K
    SHARES

 विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–७ मा किशोरीको शव भेटिएको घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको आफन्तले गुनासो गरेका छन् ।

बिहीबार बिहान फक्तालुङ गाउँपालिका–३ घर भई फुङलिङ बस्दै आएकी १७ वर्षीया पुष्पा लिम्बु मृत अवस्थामा भेटिएकी थिइन् । उनको शव जंगल छेउमा शंकास्पद अवस्थामा भेटिएको थियो । शवमा चोट पटक देखिएपनि प्रहरीले सामान्य रुपमा लिएको आफन्त अमृत लिङ्देनले बताए । उनका अनुसार दिदीसँग फुङलिङ बजारमा बसेर पढ्दै आएकी पुष्पा बिहीबार राति १२ बजेसम्म डेरा बसेको घरमै थिइन् ।

राति १२ बजेपछि हराएकी उनको शव भोलिपल्ट विहान करिब ८ बजे डेराबाट करिब २ किलोमिटर टाढा जंगल छेउमा शंकास्पद अवस्थामा शव भेटिएको थियो ।

लिङ्देनका अनुसार मृतकले प्रयोग गर्ने मोबाइल पनि हराएको छ । ‘राति १२ बजेसम्म डेरामा भएको मान्छेको शव जंगलछेउमा कसरी पुग्यो ?’ उनले भने, ‘हाम्रो आशङ्का हत्या हो । तर प्रहरीले सामान्य रुपमा लिएको छ ।’ शव अर्धनग्न अवस्थामा रहेको र शरीरमा पनि चोट भएका कारण हत्या भएको हुनसक्ने उनले बताए । 0स्थानीय भानुजन माध्यमिक विद्यालयमा कक्षा ११ मा पढ्ने किशोरीको शंकास्पद मृत्यु प्रकरणमा प्रहरीले गम्भीर रुपमा अनुसन्धान नगरेको भन्दै आफन्तले शव बुझेका छैनन् । शंकास्पद व्यक्तिलाई पक्राउ गरेपछि मात्रै शव बुझ्ने उनले आफन्तले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी बालनरसिंह राणा प्रहरीले घटनाको शुक्ष्म रुपमा अनुसन्धान गरिरहेको बताउँछन् । पोष्टमार्टम हुन बाँकी रहेको बताउँदै उनले पोष्टमार्टमपछि थप विषय खुल्ने जानकारी दिए ।

उनका अनुसार शव भेटिएको स्थानदेखि केही माथि किशोरीले लगाएको ज्याकेट भेटिएको छ । ज्याकेट नजिकै मेटासिडको बट्टा पनि भेटिएको उनले बताए । घटनालाई सबै कोणबाट अनुसन्धान गरिरहेको बताउँदै उनले पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थप विषय खुल्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४