Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गौतम बुद्ध विमानस्थल निर्माणको काममा सरकारले अवरोध गर्‍याे- विष्णु पौडेल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ९ २०७८
  • 4.9K
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उप–महासचिव एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकारले गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको काममा अवरोध गरिरहेको आरोप लगाउनुभएको छ ।

उप–महासचिव पौडेलले विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गर्नुभयो । रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडीबी)सँग शीघ्र सम्झौता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराउनुभयो ।

उप–महासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम अविलम्ब गराउन दवावकारी भूमिका निर्वाह गर्न पनि स्थानीयलाई आह्वान गर्नुभयो । उहाँले भन्नुभयो, ‘सेकेन्ड फेजको निर्माणको काम अघि बढाउन एडीबी ७ अर्ब लगानी गर्न तयार भएको बसेको छ । डिजाइनका कामहरू सम्पन्न भएका छन् । अत्याधुनिक टर्मिनल निर्माणको डिजाइनको काम सकिएको छ । यो आयोजना अगाडि बढाउनका लागि सरकारले कुनै पनि प्रकारको विलम्ब गर्‍यो भने हाम्रो निम्ति मान्य हुने छैन ।’

उहाँले थप्नुभयो, ‘हामी सशक्त ढंगले जवाफ दिनेछौं र सेकेन्ड इन्टरनेशनल एयरपोर्ट सेकेन्ड फेजको काम सम्पन्न गर्नका लागि सरकारलाई विनाआनकानी ‘काउन्टर पार्ट फण्ड’ सुनिश्चित गर्न, एडीबीसँग शिघ्राधि शिघ्र सम्झौंता गर्न र नयाँ ढंगले सेकेन्ड फेजको काम अघि बढाउनका लागि निम्ति हामीले दवावकारी भूमिका निर्वाह गर्नुपर्ने आवश्यक्ता छ । हामी सो कामलाई रोक्न दिनेछैनौं ।’

उप–महासचिव पौडेलले गृहजिल्ला रुपन्देहीलाई देशभरकै नमूना जिल्ला हुने गरी विकास गर्ने र त्यसका लागि आवश्यक बजेटको व्यवस्था आफू अर्थमन्त्री हुँदा गरेको दावीसमेत गर्नुभयो । उहाँले सिद्धार्थ राजमार्गको स्तरोन्नतिका लागि छुटट्याइएको बजेट सरकारले कटौती गरेको भन्दै असन्तुष्टि समेत जनाउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४