Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कान्छाराम तामाङले बोलेको पुराए , रामेछाप जिल्लाको लाग ६ वटा एम्बुलेन्स प्रदान ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २४ २०७५
  • 4.9K
    SHARES

स्वर्गीय शेरबहादुर तामाङको नामबाट स्थापना गरिएको शेरबहादुर स्मृति प्रतिष्ठान रामेछापले जिल्लामा ६ वटा एम्बुलेन्स दिएको छ । प्रतिष्ठानले रामेछाप जिल्लाको मन्थली नगरपालिका, रामेछाप नगरपालिका, उमाकुण्ड गाउँपालिका, खाँडादेवि गाउँपालिका, दोरम्बा गाउँपालिका र सुनापाति गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको हो । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिष्ठानद्धारा वितरण गरिएका एम्बुलेन्सको साँचो सम्बन्धित नगरपालिका र गाउँपालिकामा गठित एम्बुलेन्स सञ्चालक समितिलाई हस्तान्तरण गरेका छन् । शेरबहादुर स्मृति प्रतिष्ठानले रामेछाप जिल्लाको दुई वटा नगरपालिका र ४ वटा गाउँपालिकामा छुट्टाछुट्ट एम्बुलेन्स सञ्चालक समिति गठन गरि एम्बुलेन्स हस्तान्तरण गरेको हो । नेपाली काँग्रेस रामेछापका महासमिति सदस्य समेत रहनुभएका प्रतिष्ठानका अध्यक्ष पूर्णबहादुर तामाङ (कान्छाराम) ले शेरबहादुर स्मृति प्रतिष्ठानद्धारा एम्बुलेन्स वितरण गर्नुभएको हो ।  रामेछाप जिल्लाबाट प्रतिनिधिसभा निर्वाचनको प्रत्यासी समेत रहनुभएका तामाङले निर्वाचनमा भोट माग्ने क्रममा आफुले जनतासँग गरेको बाचा अनुरुप एम्बुलेन्स वितरण गरेको बताउनुभयो  । एम्बुलेन्स वितरण कार्यक्रममा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा , महामन्त्री शशांक कोइराला, संसदीय दलका उपनेता विजयकुमार गच्छदार, पूर्वमन्त्री चित्रलेखा यादव लगाएका नेताहरुको समेत उपस्थिति हुनुहुन्थ्यो ।  ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४