Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिफा वरियतामा नेपाल यथावत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३१ २०७८
  • 2.5K
    SHARES

काठमाडौं,। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल यथावत रहेकोे छ ।नेपाल अघिल्लो पटक जस्तै १ सय ६८ औं स्थानमै कायम रहेको हो । नेपालले हालै भारतसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

नेपालले पहिलो खेल भने १–१ गोलको बराबरीमा खेलेको थियो । दोस्रो मैत्रीपूर्ण खेलमा भारतले नेपाललाई २–१ ले हराएको थियो । नेपाल दक्षिण एसियाली राष्ट्रको वरीयतामा तेस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि भारत र माल्दिभ्स रहेका छन् ।भारत १ सय ७ औं स्थानमा रहेको छ । माल्दिभ्स १ सय ५८ औं स्थानमा छ । नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेका छन ।

बंगलादेश १८९ औं, भुटान १८७ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ५ औं स्थानमा रहेका छन् । नयाँ वरीयताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ भने ब्राजिल दोस्रो, तेस्रोमा इंग्ल्यान्ड, चौथोमा फ्रान्स र पाँचौ स्थानमा इटाली रहेका छन् ।नयाँ वरियतामा इंग्ल्यान्ड तेस्रो स्थानमा उक्लिएको हो । अर्जेन्टिना छैटौं, पोर्चुगल सातौं, स्पेन आठौं, मेक्सिको नवौं र डेनमार्क दशौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४