Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुर्तीजन्य पदार्थमा कर बढाउन आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, भाद्र ३१ २०७८
  • 1.8K
    SHARES

वार्षिक ४७ अर्बको सुर्तीजन्य पदार्थ प्रयोग हुने तथ्याङ्क

काठमाडौं । सुर्तीजन्य पदार्थमा कर बढाउँदै सार्वजनिक स्थानमा निषेध गर्न सरोकारवालाले आग्रह गरेका छन् ।प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले बिहीबार गरेको कार्यक्रममा उनीहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन कानुनलाई कडाइका साथ कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

कार्यक्रममा उपभोक्ता संरक्षण मञ्चका अध्यक्ष डा. ज्योती बानियाँले सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमनमा प्रदेश र स्थानीय तहको दायित्व तोकिने गरी कानुन बन्नुपर्ने बताउनुभयो ।कानुन कार्यान्वयन गराउने व्यक्तिहरूलाई नै बढी जिम्मेवार बनाएर करको दायरा फराकिलो बनाइ प्रयोग घटाउनुपर्नेमा उहाँको जोड छ ।

कार्यक्रममा योजना आयोगकी सदस्य सलोनी सिंहले सुर्तीजन्य पदार्थका कारण बढेको नसर्ने रोगहरूका विषयमा धेरैमा जानकारी फैलाउनुपने बताउँदै कानुनी प्रावधान कार्यान्वयन गराउने विषय आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।नेपालमा ३३ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थ सेवन गर्ने गरेको तथ्याङ्क छ । जसमध्ये ग्रामीण क्षेत्रका मात्र ३९ प्रतिशत व्यक्ति रहेका छन् । नेपालमा वार्षिक ४७ अर्ब रुपैयाँको सुर्तीजन्य पदार्थ प्रयोग हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४