एजेन्सी । क्यारेबियन मुलुक हेइटीका राष्ट्रपति जोभेनल मोइसको हत्या अनुसन्धानमा वर्तमान प्रधानमन्त्री एरियल हेन्री पनि तानिएका छन् ।हत्या प्रकरणमा छानविन गरिरहेका मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीमाथि पनि अभियोग दर्ता गराउन चाहेका छन् ।उनले गत मंगलवार प्रधनमन्त्रीसँग बयान समेत लिइसकेका छन् । मुख्य अभियोजनकर्ताले प्रधानमन्त्री हेन्रीलाई देश छोड्न प्रतिबन्ध लगाएका छन् ।
राष्ट्रपति मोइसको हत्यामा शंकास्पद एक जनाले घटनाको केही घण्टापछि वर्तमान प्रधानमन्त्री हेन्रीलाई टेलिफोन गरेको प्रमाण भेटिएपछि उनी शंकाको घेरामा परेका हुन् ।हेइटीका राष्ट्रपति जोभिनल मोइसको गत जुलाई ७ तारिखमा राजधानी पोर्ट औ प्रिन्सस्थित निजी निवासमा सशष्त्र समूहले हत्या गरेको थियो ।
हत्यामा संलग्न पेशेवर अपराधीहरु पक्राउ परेपनि मुख्य योजनकार फेला परेका छै्रनन । हत्यामा अमेरिका, कोलम्बिया र क्यानाडका पूर्व सैनिकहरुको संलग्नता देखिएको छ ।हेइटीका न्याय मन्त्रालयका एक जना पुर्व कर्मचारी जोसेफ फेलिक्स बादियो पनि शंकको घेरामा तानिएका छन् ।