Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मानव अधिकार आयोगको चासोपछि विष्णु माझीको माइतीघर पुग्यो प्रहरी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, भाद्र २९ २०७८
  • 3.6K
    SHARES

गायिका बिष्णु माझीको स्वरमा समावेश ‘चरी जेलैमा’ बोलको गीतले २ करोड बढी भ्यूज पाइसकेको छ । सामाजिक संजालमा भाइरल नै भएको यो गीत सार्वजनिक भएसँगै उनको अवस्थाको बारेमा पनि चासो व्यक्त गरिएको थियो । उनका शुभचिन्तक र श्रोताले चासो व्यक्त गरेपछि राष्ट्रिय मानव अधिकार आयोगकले समेत यस बिषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

राष्ट्रिय मानव अधिकार आयोगले स्याङ्जा प्रशासन कार्यलयलाई माझीको अवस्थाबारे वुझ्न निर्देशन दिएको थियो । मानव अधिकार आयोगको पत्र प्राप्त भएपछि प्रशासनले उनको अवस्थाबारे वुझेको छ ।

स्याङ्जाको चापाकोटमा रहेको विष्णुको माइतीघरमा प्रहरीको टोली पुगेर सोधपुछ गर्दा उनी लामो समयदेखि माइतीघर नआएको पाइएको छ । स्याङ्जाका एसपी होबिन्द्र बोगटीका अनुसार, राष्ट्रिय मानव अधिकार आयोगकले माझीको अवस्थाबारे चासो व्यक्त गरेपछि प्रहरीले सोधपुछ गरेको बताए ।

२ बर्ष अगाडि गायिका विष्णु माझी र उनका श्रीमान् सुन्दरमणी अधिकारी स्याङ्जा प्रशासनमा उपस्थित भएर आफ्नो भनाई राखेका थिए । सो समयमा गायिका माझीले आफू कुनै दबाबका कारण नभई रहरले नै सार्वजनिक रुपमा हिडडुल नगरेको बताएकी थिइन् ।

फेरि, गीतको चर्चासँगै गायिका माझीको बिषयमा सर्वत्र चासो व्यक्त गरिएको छ । नेपाली सांगीतिक क्षेत्रमा सुपरहिट गीत दिएकी गायिका माझी लामो समयदेखि सार्वजनिक रुपमा देखिएकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४