Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्च अदालतमा एक महिनाभित्र गोला प्रथाबाट इजलास तोकिने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र २८ २०७८
  • 3.1K
    SHARES

काठमाडौं । सर्वोच्च अदालतमा एक महिनाभित्र गोलाप्रथाबाट इजलास गठन हुने र त्यसका आधारमा मुद्दाको पेशी तोकिने भएको छ ।

सोमबार बसेको बार–बेञ्च समन्वय समितिको बैठकमा न्यायिक नेतृत्वले हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको हो ।

‘प्रतिवेदनले स्वचालित रुपमा इजलास र पेशी तोक्नुपर्ने सुझाव दिएको थियो । त्यसभन्दा अघि गोलाप्रथाबाट इजलास तोकिने सुझाव छ’ नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘गोलाप्रथाकै बारेमा अध्ययन गर्न गठन भएको समितिले एक/दुई दिनमा प्रतिवेदन दिन्छ । त्यसपछि त उहाँहरु (प्रधानन्यायाधीश लगायत वरिष्ठतम न्यायाधीशहरु)ले गोलाप्रथा प्रणालीमा गइहालिन्छ भन्नुभएको छ ।’

गोलाप्रथा शुरु गर्दा गोलाकै आधारमा इजलास चयन हुनेछ । अनि मुद्दाहरु पनि गोलाबाट नै चयन हुने भएकाले कुन मुद्दामा को को न्यायाधीश सम्मिलित इजलास गठन हुने र कुन मुद्दा कसको इजलासमा राख्ने भन्ने प्रधानन्यायाधीशको तजविजी अधिकार हट्नेछ ।

इजलास गठनका क्रममा मनोमानी हुने र त्यसबाट न्यायालयमा विकृति बढेको भन्दै गोलाप्रथाको सुझाव आएको हो । केही समय रहने गोलाप्रथालाई स्वचालित प्रकृतिको सफ्टवेयर प्रणालीले विस्थापित गर्नेछ ।

प्रधानन्यायाधीशसहित सर्वोच्च अदालतका पाँच वरिष्ठतम न्यायाधीश, नेपाल बार र सर्वोच्च बारका अध्यक्ष, महान्यायाधिवक्ता अनि वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल र शम्भु थापा सम्मिलित बैठकमा संवैधानिक इजलासको विवाद, त्यसक्रममा परेका अरु निवेदन र भएका आदेशका बारेमा पनि छलफल भएको सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले बताए ।

उनका अनुसार, छलफलमा विवादलाई चर्काउने भन्दा पनि समाधान दिनेतर्फ केन्द्रित भएको थियो । बैठकमा विकृति विसंगतिबारेको पछिल्लो प्रतिवेदन कार्यान्वयनको विषयमा छलफल केन्द्रित भएको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४