Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ट्वीटरले सुरु गर्‍यो सुपर फलोज फिचर, हरेक फलोअरबाट १० डलर कमाउन सकिने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १८ २०७८
  • 8.2K
    SHARES

काठमाडौं । माइक्रोब्लगिङ साइट ट्वीटरले केही महिनादेखि सुपर फलोज (Super Fallows) फिचरको परीक्षण गरिरहेको थियो । अब चाहि ट्वीटरले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

ट्वीटरको सुपर फलोज फिचरको माध्यमबाट ट्वीटरका सर्जक प्रयोगकर्ताले रकम आर्जन गर्न सक्नेछन् । सुपर फलोज ट्वीटरको मोनिटाइजेशनको हिस्सा नै हो ।

हालका लागि क्यानडा र अमेरिकी प्रयोगकर्ताका लागि सुपर फलोज फिचरको अपडेट उपलब्ध गराएको हो र छिटै नै विश्वका अन्य प्रयोगकर्तालाई पनि यो फिचर उपलब्ध गराइने बताइएको छ ।

  • के हो सुपर फलोज फिचर ?

सुपर फलोजलाई सबैभन्दा पहिले आइओएस प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । त्यसपछि एन्ड्रोइड प्रयोगकर्ताले यो फिचर प्राप्त गर्नेछन् ।

ट्वीटरले यो वर्षको सुरुवातमै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२० मा कम्पनीले ३ अर्ब ७० करोड डलर आम्दानी गरेको थियो । सन् २०२३ सम्ममा यो साढे ७ अर्ब डलर हुने अनुमान गरिएको छ ।

वास्तवमा सुपर फलोज कम्पनीको आम्दानीको एक हिस्सा हो ।

सुपर फलोजको माध्यमबाट ट्वीटर प्रयोगकर्ताले आफ्ना फलोअर्सबाट हरेक महिना २.९९ डलर, ४.९९ डलर देखि ९.९९ डलर सम्म शुल्क लिन सक्दछन् । यसको बदलामा फलोअर्सले विशेष सामाग्री, न्यूजलेटर, behind the scene आदि सामाग्रीहरु प्राप्त गर्नेछन् । यो फिचर प्राप्त गर्नका लागि ट्वीटर प्रयोगकर्तासँग कम्तिमा १० हजार फलोअर्स हुनु आवश्यक छ ।

ट्वीटरका अनुसार सुपर फलोज सब्सक्रिप्सन मोडलको उद्धेश्य ट्वीटर प्रयोगकर्तालाई आम्दानीको मौका दिनु हो । यदि कुनैपनि सेलिब्रेटी वा प्रकाशनसँग लाखौँ करोडौँ फलोअर्स छन् भने उनीहरु आफ्ना फलोअर्सबाट विशेष र एक्सक्लूसिभ सामाग्रीका लागि हरेक महिना केही शुल्क लिन सक्दछन् ।

ट्वीटरले हालै आफ्नो डिजाइनमा विभिन्न खालका परिवर्तन गरेको छ । ट्वीटरको मोबाइल एप तथा वेब दुबै भर्सनमा परिवर्तन गरिएको हो । नयाँ डिजाइनमा एक नयाँ फन्ट पनि जोडिएको छ जसको नाम Chirp हो । यो फन्टलाई गत जनवरीमा जोडिएको हो जुन अमेरिकन Gothic र युरोपेली Grotesque स्टाइलको सम्मिश्रण हो ।

ट्वीटरको नयाँ इन्टरफेसमा प्रयोगकर्ताले विभिन्न रङमा पनि परिवर्तन देख्न सक्नेछन् । नयाँ डिजाइनमा प्रयोगकर्ताले धेरै कन्ट्रास्ट र कम निलो रङ देख्नेछन् ।
त्यसको धेरै फाइदा प्लाटफर्ममा शेयर गरिने फोटो तथा भिडियोमा देखिनेछ । साथै ट्वीटरमा केही नयाँ बटन पनि थपिएको छ । त्यो परिवर्तन फलो बटनमा पनि देखिनेछ । फलो बटन अब कालो रङको भएको छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४