Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

वर्ड फाइलमा गोप्य डकुमेन्ट राख्दै हुनुहुन्छ ? यसरी लक गर्नुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १४ २०७८
  • 3.4K
    SHARES

काठमाडौं । तपाईले माइक्रोसफ्ट वर्ड डकुमेन्टमा विभिन्न संवेदनशील तथा गोप्य जानकारीहरु टाइप गरेर राख्नुभएको छ र अरुले त्यसलाई खोलेर हेर्न नसकुन् भन्ने चाहनुहुन्छ भने तपाईले आफ्नो वर्ड फाइललाई पासवर्ड राखेर लक गर्न सक्नुहुन्छ ।

अरुले पनि खोल्ने कम्प्युटरमा आफ्नो निजी जानकारी सहितको डकुमेन्ट राख्नका लागि यो पासवर्ड सुरक्षा विधि निकै उपयोगी हुन्छ । यस्तो अवस्थामा उक्त वर्ड फाइललाई पासवर्डले लक अर्थात् इनक्रिप्ट गर्नु पर्दछ । वर्ड डकुमेन्टमा पासवर्ड कसरी राख्ने ? यसका लागि निम्न उपाय अबलम्बन गर्नुपर्दछः

विन्डोजको माइक्रोसफ्ट वर्ड फाइलमा पासवर्ड कसरी राख्ने ?

संवेदनशील जानकारीहरु भएको आफ्नो वर्ड फाइललाई पासवर्ड राखेर लक गरी सुरक्षित बनाउनु नै उत्तम हुन्छ । यसका लागिः

  •  कम्प्युटरमा आफुले पासवर्ड राख्न खोजेको माइक्रोसफ्ट वर्ड फाइल खोल्नुहोस् ।
  •  त्यसपछि बायाँ भागको माथिपट्टि रहेको File ट्याबमा क्लिक गर्नुहोस् । त्यसपछि लहरै देखिने विभिन्न अप्सनहरुमध्ये Info मा क्लिक गरी त्यसभित्र रहेको Protect Document मा जानुहोस् र त्यसमा क्लिक गरेपछि आउने Encrypt with Password अप्सनमा क्लिक गर्नुहोस् ।
  •  त्यसपछि त्यहाँ पासवर्ड हाल्ने बक्स देखा पर्दछ । आफुले वर्ड फाइलमा राख्न खोजेको पासवर्ड हाल्नुहोस् र OK मा क्लिक गर्नुहोस् । तपाईले आफ्नो पासवर्डलाई प्रमाणीकरण गर्नका लागि पुनः हाल्नुपर्ने हुन्छ, त्यसैले दोश्रोपटक सोही पासवर्ड हालेर OK थिच्नुहोस् ।
  •  यति गरिसकेपछि तपाईको वर्ड फाइल पासवर्डले सुरक्षित बन्दछ । उक्त फाइल बन्द गरेर पुनः खोल्दा अब तपाईले पासवर्ड नहालिकन त्यो खुल्दैन ।

म्याकमा माइक्रोसफ्ट वर्ड फाइल कसरी लक गर्ने ?

  •  आफ्नो म्याक कम्प्युटरमा माइक्रोसफ्ट वर्ड फाइल खोल्नुहोस्
  •  माथिल्लो भागमा रहेको Review मा क्लिक गर्नुहोस् । त्यसपछि Protect मा गएर Protect Document अप्सनमा क्लिक गर्नुहोस् ।
  •  त्यहाँ वर्ड फाइलमा आफुले राख्न चाहेको पासवर्ड हालेर OK मा क्लिक गर्नुहोस् । तपाईले उक्त पासवर्ड भेरिफाइ गर्नका लागि पुनः पासवर्ड हालेर OK थिच्नुपर्ने हुन्छ ।
  •  तपाईले वर्ड फाइल खोल्न मात्र होइन, त्यसलाई परिवर्तन गर्नका लागि समेत पासवर्ड हाल्नुपर्ने गरी फाइललाई सुरक्षित राख्न सक्नुहुनछ ।

माथि दिइएको विधि माइक्रोसफ्ट वर्ड डकुमेन्ट सँगै माइक्रोसफ्ट पावर प्वाइन्ट र एक्सेल वर्कबुकमा पनि काम लाग्दछ । यसले तपाईका संवेदनशील तथा गोप्य जानकारीहरु रहेको फाइल अनधिकृत मान्छेले खोल्ने र सूचना हात पार्ने जोखिम हुँदैन ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४