Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फेसबुक र इन्स्टाग्राम नेपालीमा कसरी चलाउने ?


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १३ २०७८
  • 6.4K
    SHARES

काठमाडौं । विश्वका सर्वाधिक लोकप्रिय सोसल मिडिया प्लाटफर्ममा पर्दछन् फेसबुक र इन्स्टाग्राम । विश्वमा करीब साढे २ अर्ब प्रयोगकर्ता रहेको फेसबुक विश्वका झण्डै १ सय १५ वटा भाषामा चलाउन सकिन्छ ।

इन्स्टाग्राम पनि अंग्रेजी सँगै अन्य धेरै भाषामा उपलब्ध छ । धेरै मानिसहरुलाई सोसल मिडियाहरुमा आफ्नो मातृभाषा नै प्रयोग गर्न सजिलो लाग्दछ । अंग्रेजीमा भन्दा आफ्नै बोलीचालीको भाषा प्रयोग गर्दा साथीहरुसँग गफिन तथा आफ्ना मनका कुरा अभिव्यक्त गर्न सहज हुन्छ ।

फेसबुक तथा इन्स्टाग्राम चलाउनेमध्ये धेरैलाई यसको भाषा कसरी परिवर्तन गर्ने भन्ने थाहा नै होला । तर यदि तपाइँलाई यी सोसल मिडिया प्लाटफर्महरुको भाषा नेपाल कसरी बनाउने भन्ने थाहा छैन भने यहाँ दिइएको उपाय अबलम्बन गर्न सक्नुहुन्छ । तपाइँले बुझ्नैपर्ने कुरा के हो भने फेसबुक वा इन्स्टाग्राममा भाषा परिवर्तन गर्दा तपाईँको कम्प्युटर, फोन वा अन्य डिभाइसको भाषा भने परिवर्तन हुँदैन ।

एन्ड्रोइड फोनको फेसबुक एपमा भाषा प्रयोग गर्ने तरिका

  •  फेसबुक एप खोल्नुहोस्
  •  दायाँतर्फको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।
  •  त्यसको मुनिपट्टी रहेको ‘सेटिङ्स एण्ड प्राइभेसी’ अप्सनमा थिच्नुहोस् ।
  • त्यसमा आउने सेटिङ्स अप्सनमा गएपछि त्यहाँ रहेका विभिन्न अप्सनमध्ये ‘ल्याङ्ग्वेजेज एण्ड रिजन’ भन्ने अप्सनमा जानुहोस् त्यसपछि तपाईँलाई फेसबुकमा कुन प्रयोजनको लागि कुन भाषा राख्ने भन्ने अप्सन आउँछ । त्यसमा गएर नेपाली वा आफूलाई इच्छा लागेको भाषा छनोट गर्न सकिन्छ ।

आईओएस फोनको फेसबुक एपमा भाषा प्रयोग गर्ने तरिका

  •  आईफोनमा फेसबुक एप खोल्नुहोस् ।
  •  दायाँतर्फको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।
  •  त्यसपछि आउने अप्सनमध्ये ‘सेटिङ्स एण्ड प्राइभेसी’ मा जानुहोस् ।
  •  त्यसपछि ‘एप ल्याङ्ग्वेजेज’मा जानुहोस् ।
  •  यसको लागि अब आईफोनले डिभाइस सेटिङ्समा लैजान्छ । यहाँ तपाईँले फेसबुक एपको लागि इच्छा लागेको भाषा छान्न सक्नुहुन्छ ।

ब्राउजरबाट फेसबुकको भाषा परिवर्तन गर्ने तरिका

  •  फेसबुक खोलेपछि दायाँ खण्डको माथिपट्टि रहेका आइकन मध्ये सबैभन्दा दायाँ भागमा रहेको तलपट्टि फर्किएको ‘Arrow’ चिन्हमा थिच्नुहोस् ।
  •  ‘सेटिङ्स एण्ड प्राइभेसी’मा क्लिक गर्नुहोस् ।
  •  त्यसपछि आउने सेटिङ्समा जानुहोस् ।
  •  त्यसपछि ‘ल्याङ्ग्वेजेज एण्ड रिजन’ अप्सनमा जानुहोस् ।
  •  फेसबुक ल्याङ्ग्वेजेज सेक्सनमा रहेको ‘इडिट’ भन्ने अप्सनमा क्लिक गर्नुहोस् ।
  •  अब तपाईँले आफूलाई इच्छा लागेको भाषा छान्न सक्नुहुन्छ र त्यसपछि सेभ चेन्ज भन्ने अप्सनमा थिच्नुहोस् ।

एन्ड्रोइड तथा आईओएसमा इन्स्टाग्रामको भाषा परिवर्तन गर्ने तरिका

  •  एन्ड्रोइड वा आईफोनमा इन्स्टाग्राम एप खोल्नुहोस्
  •  दायाँ साइडको तलपट्टि रहेको प्रोफाइल आइकनमा जानुहोस् ।
  • दायाँ साइडको माथिपट्टि रहेको मेन्यु आइकनमा थिच्नुहोस् ।

एजेन्सीको सहयोगमा 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४