Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री शाहले फुटबल क्लबका सदस्यमाथि दुर्व्यवहार गरेको आरोप


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र ९ २०७८
  • 3.2K
    SHARES

धनगढी । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर शाहमाथि  कार्यकक्षमै फुटबल क्लबका सदस्यलाई दुर्व्यवहार गरेको आरोप लागेको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले काठमाडौंमा आयोजना गरेको सी डिभिजन क्वालिफाइडका लागि छनोट भएको बाजुराको रानीवन स्पोर्ट्स क्लबका सदस्यहरु सहयोग माग्न जाँदा मन्त्री शाहले दुर्व्यवहार गरेको आरोप छ ।

मन्त्री शाहको गृहजिल्ला समेत रहेकाले सहयोगको अपेक्षा गरेर बुधबार दिउँसो भेट्नका लागि कार्यकक्षमै पुगेका बेला अपशब्द प्रयोग गरेर दुर्व्यवहार गरेको क्लबका सल्लाहकार सदस्य डेनिश शाहीले बताए ।

‘हाम्रै जिल्लाका माननीय भएकाले मन्त्रीज्यूसँग खेलाडीहरुलाई केही सहयोग गर्न सकिन्छ कि भनेर कुरा गर्न अध्यक्ष ध्रुव रोकाया र म गएका थियौं,’ शाहीले भने, ‘तर मन्त्रीज्यूले उल्टै फुटबल खेलेर के हुन्छ ? फाइदा हुने काम गर । तिमीहरुको हैसियत के हो ? मलाई थाहा छैन जस्ता कुरा गरेर हामीमाथि अभद्र व्यवहार गर्नुभयो । उहाँलाई टाटु हानेजस्तो सजिलो छैन राजनीति गर्नसम्म भन्नुभयो ।’

क्लबका शाहीले बाजुराबाट पहिलो पटक राष्ट्रियस्तरको प्रतियोगितामा आफ्नो क्लबले भाग लिइरहेकाले खेलाडीको सहयोगका लागि आर्थिक संकलन गर्ने क्रममा त्यहाँ पुगेको बताए ।

कार्यकक्षमा पुगेका बेला दुर्व्यवहार गरेको आरोपबारे प्रतिक्रिया लिन मन्त्री शाहलाई सम्पर्क गर्दा उनको फोन उठेन । उनको निजी सचिवालयले भने त्यो कुरामा सत्यता नरहेको दाबी गरेको छ । उनका स्वकीय सचिव जंगबहादुर विकले खेलाडीलाई सहयोग गर्ने विषयमा मन्त्री सकारात्मक भएको बताउँदै दुर्व्यवहार गरिएको आरोप झुठो भएको दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४