Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

होटेल डेला अन्नपूर्णमा आन्दोलन : दुई धारमा मजदुर


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र ६ २०७८
  • 3.9K
    SHARES

काठमाडौं । कोरोना भाइरसको महामारी शुरु भएपछि बन्द रहेको दरवारमार्गस्थित होटेल डेला अन्नपूर्णका मजदुरहरुबीच दुई धार देखिएको छ । मजदुर यूनियनका केही पदाधिकारीहरु व्यवस्थापनविरुद्ध आन्दोलनमा उत्रिएका छन् । तर, अन्य मजदुर भने आन्दोलन भन्दा होटेल संचालनमा ल्याइ काम गर्ने वातावरण होस भन्ने पक्षमा छन् । मजदुरका नाममा केही पदाधिकारीहरुबाट भइरहेको आन्दोलनले आम मजदुरको हित नगर्ने भन्दै ६५ प्रतिशत हाराहारी मजदुर अहिलेको आन्दोलनको विपक्षमा रहेको सो समुहको नेतृत्व गरिरहेका मजदुरमध्ये एक राजेन्द्र कुमार केसीले बताए ।

मजदुर युनियनले पछिल्लो दुई वर्षयता न्यूनतम पारिश्रमिक नदिएको भन्दै गत भदौ २ मा चर्को नाराबाजी गरेका थिए । तर, युनियनका नाममा व्यवस्थापनविरुद्ध लगाइएको यो आरोप भने झुटो रहेको आन्दोलनको विपक्षमा रहेका मजदुरहरुले बताएका छन् । व्यवस्थापन, होटेल संघ नेपाल (हान) र मजदुर यूनियनबीच आगामी डिसेम्बरसम्म लागु हुने गरि भएको सहमति अनुसार तोकिएको तलव आइरहेको अर्का मजदुर सुरज गौतमले बताए । ‘महामारीको दोस्रो लहर चलिरहेको बेला दुई महिला ढिला आएको थियो’, उनले जन न्युज नेपाल खबरसँग भने, तर दुई वर्षसम्म न्यूनतम तलव नदिएको भन्नु भ्रम छर्ने काम हो ।’

होटेल अन्नपूर्णले चैत २०७६ यता बन्द छ । होटेल बन्द गरिएसँगै होटेलले स्वच्छिक अवकासको स्कीम ल्याएको थियो । सो स्कीम लिएर करीव ८० जना मजदुर यहाँबाट विदा भएका छन् । करीव २ सय जना मजदुर भने अहिले पनि होटेलसँग आवद्ध छन् । त्यसमध्ये १८० भन्दा बढी मजदुर तहको र अन्य व्यवस्थापन तहको कर्मचारी छन् । होटेल अन्नपूर्ण व्यवस्थापनले भने दीर्घकालिन रुपमा होटेल पुनर्निर्माण गर्ने बताएपनि पाहुना आउन थालेपछि भने संचालन गर्ने योजना बनाएको छ । सोहीकारण मजदुरहरु समेत होटेल संचालनको प्रतिक्षामा छन् ।

तर, पछिल्लो समय यूनियनका नाममा हुने हुलहुज्जतले होटेल संचालनको वातावरण नै नरहने हो की भन्ने चिन्ता भने मजदुरहरुमा बढेको छ । अर्का मजदुर सुरज गौतम भन्छन्, ‘हामीलाई मजदुर आन्दोलनका नाममा होटेल लामो समय बन्द हुने वातावरण बनाइन्छ की भन्ने डर छ ।’ सोहीकारण विभिन्न मजदुर युनियनका केही पदाधिकारीबाहेक अधिकांश मजदुर छिटो होटेल संचालनमा आई सहज वातावरणमा काम गर्ने अवसरको पर्खाइमा रहेको उनले बताए ।

उता, आन्दोलनरत मजदुरहरु भने हानसँग सहमति गरे अनुसारको न्यूनतम तलव नै उपलब्ध नभएपछि आन्दोलनमा उत्रिनु परेको बताउँछन् । २ भदौमा होटेल परिसरमा आयोजित कार्यक्रममा अन्नपूर्णको आधिकारिक ट्रेड यूनियनका अध्यक्ष प्रकाश न्यौपानले न्यूनतम तलव दिन तत्परता नदेखाएको भन्दै आन्दोलन गर्नु परेको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४