Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्रियाशील सदस्यताबारे देउवा र पौडेलबीच छलफल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ५ २०७८
  • 8.3K
    SHARES

काठमाडौं । क्रियाशील सदस्यता विवाद टुंग्याउन नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच छलफल भएको छ । महाधिवेशनको कार्यक्रम शुरु हुन १२ दिन मात्रै बाँकी हुँदा पनि कांग्रेसले क्रियाशील सदस्यता टुंग्याउन सकेको छैन ।

क्रियाशील सदस्यताको बाँकी काम टुंग्याउने जिम्मा पाएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखकले सहमतिको खाका तयार गरेको जनाइएको छ ।

उनीहरुले शनिबार साँझ प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसँग बालुवाटारमा छलफल गरेका छन् ।

शुक्रबार पनि तीन नेता सम्मिलित समितिले सभापति देउवा र वरिष्ठ नेता पौडेलसँग छलफल गर्दै सहमतिका लागि शनिबारसम्मको समय मागेको थियो ।

कांग्रेसले भदौ १८ मा वडा अधिवेशनको मिति तय गरेको छ । तर अहिलेसम्म निर्वाचन समितिले क्रियाशील सदस्यताको अन्तिम सूची पाएको छैन ।

साउन ३० गते सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले क्रियाशील सदस्यतासम्बन्धी बाँकी काम टुंग्याउने जिम्मा तीन नेतालाई दिएको थियो । भदौ २ मा सहमति गरेर भदौ ३ गते सभापतिलाई बुझाउनुपर्ने केन्द्रीय समितिको निर्णय थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४