Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गठबन्धनको सहमतिमै अध्यादेश ल्याइएको हो : कानुनमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, भाद्र २ २०७८
  • 7.9K
    SHARES

काठमाडौं । सरकार प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले गठबन्धनको सहमतिमा राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको बताएका छन् । मंगलबारको मन्त्रिपरिषद बैठकले केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशतबाटै पार्टी विभाजन गर्न सक्ने गरी अध्यादेश जारी गर्न मंगलबार राष्ट्रपतिलाई सिफारिस गरेको छ ।

उक्त अध्यादेश गठबन्धनको सहमतिमा अगाडि बढाइएको कानुनमन्त्री कार्कीले जन न्युज नेपाल खबरलाई जानकारी दिए । उनले भने, ‘गठबन्धनको सहमतिमा अध्यादेश अगाडि बढाइएको हो । यसमा सबैको समर्थन छ ।’ पूर्ण कार्यकाल संसद सञ्चालनको उद्देश्यका साथ अध्यादेश आएको उनको भनाइ छ ।

उनका अनुसार आइतबार साँझ गठबन्धनका शीर्ष नेताहरुबीचको छलफल भएको सहमति अनुसार अध्यादेश अगाडि बढाइएको हो । प्रधानमन्त्री तथा काँग्रेस सभापति देउवाले यस विषयमा पार्टीभित्र पनि सबै पक्षको समर्थन लिएका थिए ।

मंगलबार विहान वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्कासँग छलफल गरेका थिए । अध्यादेश ल्याउने विषयमा सबै नेताको समर्थन रहेको कार्कीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४