Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निरन्तरको निगरानीपछि थानकोट-चित्लाङ सडक स्तरोन्नतिमा प्रगति


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असार २१ २०७८
  • 1.6K
    SHARES

वीरगञ्ज । स्थानीयको निगरानी र सहजीकरणपछि थानकोट-चित्लाङ सडक स्तरोन्नतिमा प्रगति भएको सरोकारवालाले बताएका छन् । गुणस्तरीय काम भए/नभएको निगरानी गर्न स्थानीय सडकमै बास बस्छन् भने सडक निर्माणमा खटिएकाहरुलाई खाजा-खानाको व्यवस्था पनि मिलाउँछन् ।

पर्यटकीय गाउँ थाहा नगरपालिका-९ चित्लाङ लगायत मकवानपुरको उत्तरी क्षेत्रलाई राजधानी काठमाडौंसँग जोड्ने यो सडक निर्माणमा पटक-पटक लापरबाही हुँदै आएपछि स्थानीयले निर्माण कम्पनी र आयोजना कार्यालयलाई दबाब दिएर निरन्तरको निगरानीमा काम गराइरहेका छन् ।

त्यसका लागि वागमती प्रदेशको प्रदेश सभा सदस्य रमा आले मगर संयोजक रहेको सरोकार समिति समेत गठन गरिएको छ । समितिमा रामशरण नेपाल, सुनिल गुरुङ लगायत छन् । पूर्व सांसद सुवास चन्द्र ठकुरी र स्थानीय बुद्धिजीवी बुद्धरत्न मानन्धरले समिति बाहिरै रहेर सहयोग गर्दै आएका छन् ।

स्थानीय समेतको सहभागितामा बनाइएको सरोकार समितिका सदस्यहरु आलोपालो गरेर सडक निर्माण स्थलमा गएर कुर्ने गरेका छन् । उनीहरुका लागि निर्माणस्थलमै टेन्ट, बिजुलीबत्ती र खानपानको व्यवस्था मिलाइएको छ ।

कति भयो प्रगति ?

गणेशमान सिंह राजमार्गको नामबाट पनि चिनिने थानकोट-चित्लाङ सडकमा स्तरोन्नतिको काम सुरु भएपछि ८ महिनादेखि बन्द छ । कोरोना महामारीका कारण झण्डै डेढ महिना रोकिए पनि जेठ २४ गतेदेखि नै काम सुचारु छ ।

दुई महिनाभित्र मापदण्ड अनुसार सक्ने गरी काम अघि बढाइएको स्थानीय बुद्धिजीवी मानन्धरले जानकारी दिए । ‘तीन/साढे तीन मिटरको बाटो, १० मिटर चौडा बनाउँदै लगेका छौं, कोरोना महामारीले गर्दा डेढ महिना काम रोकियो, सुचारु गरेपछि पनि निरन्तर वर्षा हुँदा तीन दिन काम रोक्नुपर्यो’ उनले भने, ‘मौसमले साथ दिँदा दिनभरी काम गराएका छौं, प्रकृति र मेसिनले साथ दियो भने अबको दुई महिना भित्र स्तरोन्नतिको काम सकिन्छ कि भन्ने छ ।’

निर्माण कम्पनी पीएस/किराँतेश्वर जेभी काम गर्न तयार रहेको बताउँदै उनले सबै पक्षबाट सकारात्मक सहयोगको आवश्यकता रहेको बताए । ‘पटक पटकको दवावपछि निर्माण कम्पनी पक्षबाट डोजर, अपरेटर, तेल खर्च जति लाग्छ म दिन्छु, काम राम्रोसँग गराउनुस् भन्ने कुरा आएको छ’, मानन्धरले भने ।

सेतो पहरासम्म विद्युत लाइन लगिसकेकोले रातिमा समेत काम गर्न सकिन्छ कि भनेर प्रयास भइरहेको जानकारी उनले दिए । अहिले बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म बाटो पन्छाउने काम भइरहेको छ ।

सरोकार समितिका रामशरण नेपालले सडकमा ऐतिहासिक काम भएको र छिट्टै परिणाम देखिने बताए । ‘अवरोधहरु पहिचान गरेर समाधान गर्दै गयौं, चन्द्रागिरी नगरपालिकाको थानकोटका स्थानीयलाई पनि सम्झायौं बुझायौं’ उनले भने, ‘पहिला सडकको अवस्था के थियो, सबैलाई थाहा नै छ । २०७७ असोज ७ पछि ऐतिहासिक र पारदर्शी काम भएको छ । काम राम्चे पुगेपछि सबै विवरण सार्वजनिक गर्छौं ।’

जनपरिचालन, खानपान र अन्य व्यवस्थापनको काम सरोकार समितिले गरेको बताउँदै उनले २ सय ७० दिन खटिएको परिणाम छिट्टै देखिने बताए ।

१० मिटरको ट्रयाक खोल्ने काम सकिएपछि नाला निर्माण र कालोपत्रेका लागि दवाव दिने सोच स्थानीयले बनाएका छन् । प्रदेश सभा सदस्य आले मगरले थानकोट-चित्लाङ सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको बताएकी छन् । बाटो खन्दा निस्किएको ढुंगा तथा गिट्टीहरु व्यवस्थापनको काम समेत अघि बढिसकेको उनले बताइन् ।

‘ट्रयाक खोल्ने काम सेतो पहराको डाँडासम्म पुगिसकेको छ, खन्दा निस्किएको ढुंगा, गिट्टी व्यवस्थापनका लागि डिभिजन वन कार्यालयले स्वीकृति दिने र चन्द्रागिरी नगरपालिकाले छुटपुर्जी दिने गरी सहमति भइसकेको छ’ उनले भनिन्, ‘स्थानीयले यसपालिको चाडपर्वमा सहजै चित्लाङ-थानकोट आवागमन गर्न पाउन् भन्ने नै छ ।’

सरोकार समितिलाई ऋण लाग्यो, चित्लाङवासीले दिए सहयोग गर्ने वचन

सडक निर्माणको कामलाई कसरी प्रभावकारी बनाउने भन्ने बारेमा काठमाडौंमा छलफल भएको छ । चित्लाङ घर भई काठमाडौंमा विभिन्न पेशा व्यवसाय गर्दै आएकाहरुबीच छलफल भएको हो ।

सडक निर्माण कार्यमा कसरी सहयोग गर्न सकिन्छ भन्ने बारेमा छलफल भएको सहभागीहरुले बताएका छन् । सडकको बारेमा चासो राख्नेहरुलाई वास्तविकता जानकारी गराउने उद्देश्य पनि छलफलको थियो । सुरक्षा चुनौति बढ्नुको साथै सडकको बारेमा बुझ्दै नबुझी हचुवाको भरमा टिकाटिप्पणी हुन थालेपछि छलफल राखिएको सरोकारवालाले बताएका छन् ।

बाटोको काम रोकिएको समयमा उच्छृङखल व्यक्तिहरुले १ हजार लिटरको १ थान ट्याङ्की र पेट्रोल राख्ने ५ थान ड्रम गुडाइदिनुको साथै ७५ हजार खर्च गरेर बनाइएको टहरामा क्षति पुर्याएका थिए । त्यसैले पछिल्ला दिनमा स्थानीय आलोपालोमा सडक निर्माण स्थलमा गएर कुर्ने गरेका छन् । निर्माण स्थलमै टेन्ट, बिजुली बत्तीको व्यवस्था मिलाइएको छ ।

छलफलमा सडकका लागि आर्थिक वा भौतिक जे-जस्तो सकिन्छ सहयोग गर्न र बुझ्दै नबुझी हचुवाको भरमा सामाजिक सञ्जालमा टिप्पणी गरेर खटिएकाहरुको मनोबल कमजोर बनाउने टीकाटिप्पणी नगर्न आग्रह गरिएको थियो । बैठकमा सहभागीहरुले ६० हजार रुपैयाँ नगद सहयोग गर्नुको साथै सडक निर्माणका सक्दो सकारात्मक सहयोग गर्ने आश्वासन दिएको बैठकको संयोजनकर्ता बुद्धरत्न मानन्धरले बताए ।

‘७० हजार खर्चेर बत्तीको व्यवस्था मिलाएका छौं । समितिमा जम्मा भएको खाजा खर्चको पैसा पनि सकिएछ । आलु, तेल, चामल, दाल आदिमा लागेको खर्च ६० हजार जति उधारो रहेछ, समितिलाई २ लाख रुपैयाँ बराबरको ऋण लागिसकेको छ’ उनले भने, ‘वास्तविक स्थितिको बारेमा बताएपछि सबै चित्लाङवासी सहयोग गर्न तयार भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४