Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

धारा ७६ (५) प्रधानमन्त्रीको सनकमा संसद विघटन रोक्नका लागि हो : वरिष्ठ अधिवक्ता मैनाली


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार २० २०७८
  • 2K
    SHARES

काठमाडौं । वरिष्ठ अधिवक्ता लवकुमार मैनालीले प्रधानमन्त्रीको सनकको भरमा संसद विघटन हुन नदिन संविधानमा धारा ७६ (५) को व्यवस्था राखिएको बताएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सभामुख अग्निप्रसाद सापकोटाका तर्फबाट बहस गर्दै उनले संसद विघटन रोक्नकै लागि धारा ७६ (५) मा सांसदहरुको पहलमा सरकार निर्माणको व्यवस्था राखिएको उनको दावी छ ।

‘संसदले रन गर्न पाओस् भनेर ७६ (५) को व्यवस्था राखिएको हो । प्रधानमन्त्रीले खुरूखुरू विघटन गर्न पाउने हो भने त किन राख्नुपर्‍यो ? सनकको भरमा (संसद) नभत्काओस् भनेर राखेको हो’ उनले भने ।

उनले संविधानको उक्त धारा स्पष्ट नभएको भए अदालतले प्रष्ट पारिदिनुपर्ने पनि बताए । धारा ७६ (२) र धारा ७६ (५) को व्यवस्था तुलना गर्दै वरिष्ठ अधिवक्ता मैनालीले धारा ७६ (२)मा दलको समर्थनमा र धारा ७६ (५) मा सांसदको व्यक्तिगत समर्थनमा सरकार बन्ने बताए ।

‘इजलासले शब्द हेर्ने होइन सार हेर्ने हो’ उनले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४