Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सप्तकोशीमा पानीको वहाव उच्च, ३० वटा ढोका खोलिए


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १९ २०७८
  • 3.7K
    SHARES

विराटनगर । निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यो वर्षकै उच्च भएको छ ।

शनिबार दिउँसो पानीको बहाव वहाव २ लाख २३ हजार क्यूसेक प्रतिसेकेण्ड पुगेको छ । शुक्रबार राति १२ बजेसम्म बहाव एक लाख ५५ हजार सात सय ७५ क्यूसेक थियो ।

हिमाली र पहाडी क्षेत्रमा भएको वर्षका कारण सहायक नदीमा समेत बाढी आउँदा कोसीको बहाव बढेको कोसी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । सप्तकोसीमा पानीको बहाव प्रत्येक दुई–दुई घण्टामा मापन हुन्छ ।

बहाव बढेपछि कोसी ब्यारेजका ३० वटा ढोका खुला गरिएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए । कोसी ब्यारेजमा ५६ वटा ढोका छन् । थप ढोका खोलिदिन भारतीय पक्षलाई आग्रह गरेको उनले बताए ।

दुई लाख ५० हजारभन्दा माथि गएपछि खतरा मानिन्छ । नदीमा वहाव बढेसँगै ब्यारेज पुलमा रातो बत्तीसमेत बालिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले तटीय क्षेत्रका वासिन्दालाई सर्तकता अपनाउन आग्रह गरेको र सम्भावित डुबान र बाढीलाई मध्यनजर गर्दै सुरक्षा निकायलाई सतर्क रहन भनिएको जानकारी दिए ।

  •  इटहरीका केही क्षेत्र डुवानमा

पानीको निकास अभाव र खोलामा बढेको पानीका कारण टोल, वस्तीहरु डुबानमा देखिएका छन् । इटहरी क्षेत्रमा टेङ्ग्रा र बुढी खोलामा आएको बाढीले किनार र आसपासका वडाहरु डुबानमा परेका छन् । त्यसैगरी धरानमा सेउती र अधेरी खोला आसपासको क्षेत्रमा डुबानको समस्या देखिएको सुनसरी प्रहरीले जनाएको छ ।

इनरुवा क्षेत्रमा पर्ने कुरुवा खोला भरिएर सडकबाटै बगेको छ । सो क्षेत्रमा आवतजावतमा समेत समस्या देखिएको छ । वर्षा सँगै खोलाहरुमा जलस्तर बढेको छ । सुनसरी, बुढी, गडनलगायतका खोलामा जलस्तर बढ्दा आसपास किनारका वस्ती जोखिममा परेका छन् ।

सुनसरी प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म डुबान तथा बाढी पसेका २ सय घर परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । यता सप्तकोशी नदीमा पानीको वहाव यसवर्षकै उच्च मापन भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४