म सोध्न चाहन्छु, निषेधाज्ञा तोडेर निर्वाचनमा जाने भनिएको हो ? कोभिड कहिले सकिने हो ? सरकारको यसमा प्रक्षेपण के छ ?’ अधिकारीले सोधे, ‘विशेषज्ञहरु कोभिडको तेस्रो दौड कात्तिक र मंसिर ताका आउने भन्दैछन् । सरकारको यसमा भनाइ के छ ?’
प्रधानमन्त्रीले जनताको संस्था (प्रतिनिधिसभा) लाई विश्वास नगरेकाले अहिलेको परिस्थिति आइलागेको उनले बताए । आफ्नै पार्टी, सहयोगी र समर्थकलाई विश्वासमा लिन नसक्दा मुलुक आजको यो परिस्थितिमा आइलागेको पनि अधिकारीले बताए ।
‘प्रधानमन्त्रीले आफ्नो पार्टी जोगाउनु भएन । एकीकृत पार्टी विभाजन गर्न पुग्नुभयो । पुरानै पार्टी पनि एकठाउँ राख्न सक्नु भएको छैन । आफ्नो सहयोगी समर्थक समेत समेट्न नसक्नेले हामी प्रतिपक्षी सहित सवैलाई समेटेर राष्ट्रिय संकल्प पुरा गर्नुहोला भन्ने भरोसा र विश्वास कम्तिमा मैले त गर्न सकिनँ’, अधिकारीले भने ।
प्रधानमन्त्रीले अरुलाई विश्वासमा लिन नसक्नुकै परिणाम पाँच सदस्यीय काम चलाउ सरकारको नेतृत्व गर्न पुगेको उनले बताए ।