Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्रपतिबाट कर्तव्य पालना भएन, अदालतले बोल्नुपर्छ : वरिष्ठ अधिवक्ता कार्की


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 2.7K
    SHARES

काठमाडौँ / वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्कीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट कर्तव्य पालना नभएको जिकिर गर्दै यसबारे अदालत बोल्नुपर्ने बताएका छन् ।  प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बिहीबार संवैधानिक इजलासमा बहसका क्रममा उनले राष्ट्रपतिलाई कर्तव्य पालना गर्ने कुरामा अदालतले बोल्नुपर्ने बताएका हुन् । 

‘प्रधानमन्त्रीले विश्वासको मत पाउँदिन भने हात उठाएको, आत्मसमर्पण गरेको अवस्था थियो । केपी शर्मा ओलीले दावी त्यागेको अवस्था थियो, त्यसैले उहाँको दावी राष्ट्रपतिले एक्सेप्ट गर्नु हुने थिएन’, उनले भने, ‘केपी शर्मा ओलीको दावी असंवैधानिक छ । धारा ७६ का अरु उप धाराले दलीय सम्बन्ध खोजेको छ तर उपधारा ५ ले दलीय संलग्नता खोजेको छैन् । प्रधानमन्त्रीको नाजायज दावीलाई राष्ट्रपतिले स्वीकार गरेको हुनाले राष्ट्रपतिलाई कर्तव्य पालना गर्ने कुरामा अदालतले बोल्नुपर्छ ।’  

यस्तै वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री बन्ने प्रक्रियामा केपी ओलीले भाग लिनै नमिल्ने जिकिर गरे । उनले धारा ७६ को उपधारा ३ अनुसार नै केपी ओली अयोग्य भएको जिकिर गर्दै मार्गप्रशस्त गर्छु भन्नु भनेको पद छाडेको अवस्था भएको जिकिर गरे ।

यसैगरी वरिष्ठ अधिवक्ता गान्धी पण्डितले संविधानको धारा ७६ को उपधारा १, २ र ३ अनुसार नियुक्त प्रधानमन्त्री मात्रै दलीय हुने र दलको समर्थन चाहिने जिकिर गरे । तर, उपधारा ५ मा संविधानले दलको संलग्नता नखोजेको उनको जिकिर छ । ‘उपधारा ३ बमोजिमको प्रधानमन्त्रीले विश्वासको मत नपाएको अवस्था छ । उहाँ उपधारा ५ को लागि प्रतिस्पर्धा गर्न योग्य नै हुनुहुन्न’, उनले जिकिर गरे । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४