Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

न्यायालयप्रति प्रधानमन्त्री ओलीको असन्तुष्टि


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 2K
    SHARES

प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष नै हुने संविधानले परिकल्पना नगरेको दावी

प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयबाट भएका पछिल्ला केही फैसलाप्रति आपत्ति जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय सर्वोच्च अदालतले सरकारका विरुद्ध गरेका कतिपय फैसलाप्रति पनि गुनासो गरेका हुन् । ती फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने गरी आएको उनको भनाइ थियो ।

उनले प्रश्न गरे, ‘यस्तो बाढीपहिरोको बेला गृहमन्त्री आवश्यकताको सिद्धान्तभित्र पर्छ कि पर्दैन ? यस्तो कोभिडको बेलामा स्वास्थ्य मन्त्री आवश्यकको सिद्धान्तभित्र पर्छ कि पर्दैन ?’ प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा अदालत प्रवेश नगरेको नजिर पटक-पटक बसिसकेको दावीसमेत गरे । तर पहिलाको नजिरलाई नहेरी नयाँ नयाँ नजिर बसाल्ने काम भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको कार्यकाल ५ वर्ष नै हुन्छ भनेर संविधानले परिकल्पना नगरेको दावीसमेत गरेका छन् । नेपाललाई ‘राजनीतिक संस्कार कमजोर भएको मुलुक’को संज्ञा दिँदै उनले संविधानको धारा ७६ को उपधारा ५ को अपव्याख्या हुन थालेको आरोपसमेत लगाए ।

उनले नेपालमा अमेरिकाको जस्तो व्यवस्था नरहेको जिकिर गरे । अमेरिकामा निश्चित मितिमै निर्वाचन हुने संविधानमै तोकिएको भन्दै नेपालमा त्यस्तो व्यवस्था नरहेको उनको भनाइ थियो ।

फलानो व्यक्ति र फलानो दललाई सरकारबाट हटाउनै पर्ने भन्ने उद्देश्यका साथ झमेला सिर्जना गरिएको उनले बताए । 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४