Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

के हो डेल्टा प्लस भेरियन्ट ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 9K
    SHARES

काठमाडौं । भारतले बुधबार मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को ४० संक्रमितमा डेल्टा भेरियन्टको नयाँ म्युटेसन देखिएको बताएको छ । यससँगै सरकारले राज्यहरुलाई परीक्षण बढाउन निर्देशन पनि दिएको छ । यसलाई डेल्टा प्लस नाम दिइएको छ । यसले विस्तारै घट्दै गएको कोरोनाको संक्रमण पुनः बढ्नसक्ने आशंका गरेको छ ।
कोरोनाविरुद्ध अहिले मानिसलाई दिइएको खोपलाई पनि छल्दै यो भेरियन्टले संक्रमित बनाउन सक्ने आशंकाको कारण डेल्टा प्लसको संक्रमणप्रति चासो बढेको छ ।

  • के हो डेल्टा प्लस भेरियन्ट ?

डेल्टा प्लस भेरियन्ट भारतमा भेटिएको डेल्टा भेरियन्टबाटै म्युटेट भएको भेरियन्ट हो । यसलाई एवाई १ नामले पनि चिनिन्छ । पहिलोपटक गत अप्रिल ११ मा यो भेरियन्ट भारतमा देखिएको भारतको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

यो भेरियन्टमा दक्षिण अफ्रिकामा भेटिएको बिटा भेरियन्ट पनि देखिएको छ । जसको कारण वैज्ञानिकहरुले डेल्टा प्लस भेरियन्ट अझै संक्रामक हुन सक्ने आशंका व्यक्त गरेका छन् ।

भारतको स्वास्थ्य मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै बिटा भेरियन्टले मानिसको प्रतिरोधी क्षमताबाट बचेर मानिसलाई संक्रमित बनाउन सक्ने भन्दै यो चासोको विषय रहेको बताएको छ ।
बिटा भेरियन्ट मानिसको प्रतिरोधी क्षमतालाई कमजोर बनाउन सक्ने भेरियन्टको रुपमा चिनिएको भारतका वरिष्ठ संक्रामक रोग विशेषज्ञ शाहिद जमील बताउँछन् ।

  • अहिलेसम्म कहाँ-कहाँ देखियो डेल्टा प्लस ?

जुन १६ सम्मको तथ्यांक हेर्ने हो भने कम्तीमा दुई सय संक्रमितमा डेल्टा प्लस भेरियन्ट देखिएको छ । जसमध्ये बेलायतमा ३६, क्यानडामा १, जापानमा १५, पोल्याण्डमा ९, पोर्चुगलमा २२ , रुसमा १, स्विट्जरल्याण्डमा १८, टर्कीमा १ र अमेरिकामा ८३ संक्रमितमा यो भेरियन्ट देखिएको छ । नेपालमा ९ जनामा यो भेरियन्ट देखिएको पुष्टि भइसकेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयले बुधबार थप ४० जनामा यो भेरियन्टको संक्रमण देखिएको बताएको छ । भारतको महाराष्ट्र, केरला र मध्यप्रदेशमा यो भेरियन्टको संक्रमण देखिएको हो । यद्यपि स्वास्थ्य मन्त्रालयले भने यो भेरियन्टको संक्रमण त्यति ठूलो मात्रामा नफैलिएको पाइएको बताएको छ ।

अहिलेसम्म यो भेरियन्ट विश्वका ८० मुलुकभन्दा धेरैमा फैलिएको बीबीसीले उल्लेख गरेको छ ।

  • जोखिम कस्तो छ ?

अहिले डेल्टा प्लस भेरियन्टविरुद्ध कोरोना खोपले कत्तिको काम गर्छ भन्ने विषयमा भारत र विश्वभर अध्ययन भइरहेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यसलाई पनि डेल्टा भेरियन्टकै एक भागको रुपमा लिइएको बताएको छ । अहिलेको अवस्थामा यो भेरियन्ट सामान्य नदेखिएको डब्ल्यूएचओको भनाइ छ । डेल्टाको कारण संक्रमण फैलिने दर धेरै हुँदा यसबाट हुने सार्वजनिक स्वास्थ्यको जोखिम पनि बढी रहेको डब्ल्यूएचओको भनाइ छ ।

भारतको स्वास्थ्य मन्त्रालयले भने यो भेरियन्टको संक्रमण देखिएको स्थानमा जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्नु जरुरी रहेको बताएको छ ।

  • नेपालमा भेटियो डेल्टा भेरियन्टमा नयाँ म्युटेसन

यद्यपि जानकारहरु यससको संक्रमणबारे जानकारीका लागि पर्याप्त तथ्यांक नभएको बताउँछन् । सामान्यतया भाइरसले आफ्नो रुप परिवर्तन गर्नु सामान्य रहेकाले यो भेरियन्ट धेरै वा कम संक्रामक छ भनेर भन्न नसकिने भारतीय संक्रामक रोग विशेषज्ञ डा. गगनदीप काङ बताउँछिन् ।

उनका अनुसार परीक्षण गरेर बिरामी पत्ता लगाउनु मात्र नभई डेल्टा प्लस भेरियन्टबाट संक्रमित भएका मानिसको बारेमा अध्ययन गर्नु जरुरी हुन्छ । यसबाट यो भेरियन्टबारे अझै धेरै कुरा थाहा पाउन सकिने उनको भनाइ छ । अन्य जानकारहरु पनि अहिले नै यो भेरियन्ट धेरै संक्रामक र घातक छ भनेर भन्नु हतार हुने बताउँछन् । त्यसका लागि थप जानकारीहरु थाहा पाउने र यसबारे सतर्क रहनुपर्ने उनीहरुको भनाइ छ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४