Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विराटनगर महानगरले ल्यायो चार अर्ब १० करोडको बजेट


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, असार १० २०७८
  • 2.3K
    SHARES

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । बिहीबार भएको आठौं नगरसभामा उपप्रमुख इन्दिरा कार्कीले ४ अर्ब १० करोड ३ लाख ३८ हजार रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् ।

आगामी वर्ष चालुतर्फ ४६ करोड ७० लाख ५२ हजार ९२५, पूँजीगततर्फ ३ अर्ब ५८ करोड ३२ लाख ८५ हजार खर्च हुने अनुमान प्रस्तुत गरिएको छ । त्यस्तै वित्तीय व्यवस्थातर्फ ५ करोड रुपैयाँ खर्च हुने महानगरको अनुमान छ । महानगरले चालुतर्फ ११ प्रतिशत र पूँजीगततर्फ ८९ प्रतिशत बजेट विनियोजन गरेको छ ।

महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ४ अर्ब २३ करोड, ३ लाख ७० हजार रुपैयाँको बजेट प्रस्तुत गरेको थियो । चालु वर्षको बजेट १० महिनामा १ अर्ब ३३ करोड २९ लाख २१ हजार मात्रै खर्च भएको छ । तीन अर्ब ६३ करोड पूँजीगत बजेट १० महिनामा ८८ करोड ५४ लाख ९१ हजार मात्रै खर्च भएको छ ।

आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटमा वित्तीय हस्तान्तरणतर्फ संघीय सरकारबाट १ अर्ब १९ करोड ५३ लाख, प्रदेश सरकारबाट ४ करोड ९० लाख १५ हजार, राजश्व बाँडफाँडबाट १ अर्ब एक करोड ४७ लाख ८३ हजार, आन्तरिक आम्दानीबाट ८३ करोड ९ लाख २५ हजार आम्दानी हुने अनुमान गरिएको छ । महानगरले ९५ करोड आन्तरिक आय हुने अनुमान गरेको थियो । तर १० महिनामा ३१ करोड ३८ लाख मात्रै आन्तरिक आम्दानी भएको छ ।

आगामी वर्षका लागि पूँजीगत बजेटमध्ये पूर्वाधार विकासका लागि महानगरले २ अर्ब ४ करोड ३९ लाख ४८ हजार, सामाजिक विकासतर्फ १ अर्ब २६ करोड ६९ लाख, आर्थिक विकास क्षेत्रमा १७ करोड ८७ लाख, सुशासन तथा वातावरण क्षेत्रमा ९ करोड ३७ लाख ५० हजार खर्च हुने अनुमान गरेको छ ।

महानगरले वडास्तरीय आयोजनाका लागि २६ करोड ७८ लाख, नगरस्तरीय गौरवको आयोजनामा १७ करोड ३८ लाख, वीरेन्द्र सभागृह निर्माणका लागि १९ करोड ५० लाख, ल्याण्डफिल्ड साइड, अन्तर्राष्ट्रिय सभाहलका लागि जग्गा खरिदका लागि १५ करोड विनियोजन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४