Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव नेपालको कानूनी परामर्श : संविधानको धारा ७६(५) को कार्यान्वयन कसरी हुन्छ ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख ३० २०७८
  • 3.9K
    SHARES

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मिलीजुली सरकार गठनका लागि दलहरुलाई दिएको समयको अन्तिम दिन नेकपा एमालेमा सहमतिको प्रयास तीव्र भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीको सन्देश लिएर नेता विष्णु पौडेल बिहीबार विहानै वरिष्ठ नेता माधवकुमार नेपालको निवास कोटेश्वर पुगे । लगत्तै बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले नेपालसहित चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णय भयो । पार्टीका सन्दर्भमा आवश्यक निर्णय लिने अधिकार आफूमा लिएका ओली आफैंले अब नेता नेपालसँग भेट गर्दैछन् ।

माधवकुमार नेपाल पक्षले सांसद पदबाट राजीनामा दिएपछि विपक्षी गठबन्धनको सरकार बन्ने सम्भावना बलियो हुने भएकाले ओलीले सांसदहरुको राजीनामा रोक्न खोजेका हुन् ।

पार्टी एकता जोगाउन आफ्नै समूहबाट पनि दबाव खेपिरहेका नेता नेपालले पनि ओलीलाई भेट्नुअघि स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन् भने उनले आफ्नो समूह निकट कानून व्यवसायीहरुसँग पनि परामर्श लिएका छन् ।

भेटका लागि शम्भु थापा, टीकाराम भट्टराई र गोविन्द बन्दी नेता नेपालकै निवास कोटेश्वरमा पुगेका थिए । छलफलका क्रममा नेता नेपालले मुख्यतया दुई विषयमा चासो दिएका थिए ।

पहिलो, सर्वोच्च अदालतको २३ फागुनको फैसलाअनुसार नेकपा एमालेको पार्टी संरचना एकताअघिको अवस्था अर्थात २ जेठ २०७५ मा फर्किनु बाध्यकारी हो कि होइन ?

दोस्रो, सरकार गठनसम्बन्धी संविधानको धारा ७६ (२), (३) र (५) को कार्यान्वयन कसरी हुन्छ ?

स्रोतका अनुसार पार्टी अध्यक्ष ओली २०७५ जेठ २ मा फर्किन र सहमतिका आधारमा पार्टीलाई अगाडि बढाउन तयार भए नेता नेपाल सहमति गर्न तयार छन् । तर कारबाही फिर्ता वा सहमतिको प्रयास अर्को जालझेल हो कि भन्ने उनको आशंका छ ।

त्यसैले अहिले सांसदहरुको राजीनामा रोक्ने योजनाका साथ ओली जेठ २ मा फर्किन सहमत हुने, तर कार्यान्वयन नहुने अवस्था आयो भने के गर्ने भन्ने नेता नेपालको चिन्ता छ ।

किनकी नेपाल समूहका सांसदहरुले राजीनामा दिएनन् र सिंगो जसपाले साथ दिएन भने नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्ने प्रयास असफल हुन्छ । र, संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठूलो दलको संसदीय दलको नेता केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने छिन् ।

यसरी नियुक्त भएका प्रधानमन्त्रीले ३० दिनभित्र संसदमा विश्वासको मत लिनुपर्छ । विश्वासको मत लिन नसके धारा ७६(५) अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन्छ । उपधारा ५ मा प्रतिनिधिसभाका कुनै सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरे राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नसक्ने उल्लेख छ ।

नेता नेपालले यो संविधानको यो धाराको कार्यान्वयन कसरी हुन्छ भनेर चासो राखेका थिए । भेटमा सहभागी एक कानून व्यवसायी भन्छन्, ‘हामीले यसमा दलको होइन, सांसदले व्यक्तिगत रुपमा समर्थन दिन सक्छन् भन्ने प्रष्ट पार्‍यौं ।’

परामर्शपछि नेता नेपालले अध्यक्ष ओली जेठ २ मा फर्किन तयार भए आफ्नो समूहका सांसदहरुको राजीनामा रोक्न सक्छन् । किनकी सहमति कार्यान्वयन नगरे ७६(५) अनुसार सरकार गठनको अन्तिम विकल्प बाँकी रहेको देखिएको छ ।

‘उहाँ सांसदहरुको राजीनामा खल्तीमा बोकेर हिँड्नुभएको छ । अध्यक्ष ओली जेठ २ मा फर्किन सहमत हुनुभयो पार्टीलाई एकताबद्ध बनाउन चाहनुहुन्छ’ एक नेता भन्छन्, ‘सहमति भएन भने कठोर कदम चाल्ने तयार नै हुनुहुन्छ ।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४