Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीमा दाबी गर्नेबारे जसपामा छलफल


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 7.4K
    SHARES

जनता समाजवादी पार्टी नेपाल(जसपा) ले सरकारको नेतृत्वका लागि दाबी गर्ने तयारी गरेको छ । सत्ता समीकरणका लागि दुई खेमामा विभाजित जसपाका नेताहरुबीच बुधबार भएको कुराकानीमा यो विषयले  प्रवेश पाएको हो ।

आन्तरिक द्वन्द्वका कारण जसपाका अध्यक्ष ठाकुर र अर्का अध्यक्ष उपेन्द्र यादवबीच सम्वादहीनताको अवस्था सिर्जना भएपछि अध्यक्ष डा. भट्टराईले आज अध्यक्ष ठाकुर र अन्य नेताहरुसँग पार्टी कार्यालय बबरमहलमा छलफल गरेका छन् । छलफलमा अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता र संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई लगायत थिए ।

केपी ओलीलाई बहिर्गमनका लागि जसपाले वैकल्पिक सरकार दिनुपर्ने र त्यस दिशातर्फ छलफल अगाडि बढाउनुपर्ने प्रस्ताव अध्यक्ष भट्टराईले गरेको स्रोतले जनाएको छ । यस विषयमा एकपटक माओवादी केन्द्र र काँग्रेससँग छलफल गर्ने अध्यक्ष भट्टराईको प्रस्ताव थियो । त्यसको जवाफमा अध्यक्ष ठाकुरले तटस्थ बस्ने भनिसकेपछि सरकार र सत्ताका बारेमा कुनै पनि छलफल नगर्ने भनेका थिए ।

जसपाले देशको नेतृत्व गर्ने भएपछि त्यसका लागि एकपटक प्रयास किन नगर्ने भन्ने डा.भट्टराईको तर्क थियो । त्यसपछि ठाकुरले हुन्छ, एकपटक कुरा गरौं कुरा गर्दैमा केही बिग्रिँदैन भनेको स्रोतले बतायो ।

परिषदका अध्यक्ष भट्टराईले छलफल जारी रहेको विकल्प दिनका लागि एकीकृत निर्णय गराउन हरेक कोणबाट छलफल भइरहेको र भोलिसम्म एउटा निष्कर्षमा पुग्ने प्रतिकृया दिएका छन् ।

​अध्यक्ष भट्टराईले आजै सर्वदलीय सरकारको सुझाव समाजिक सञ्जालमार्फत दिएका छन् । वर्तमान तथा पूर्वप्रधानमन्त्रीबाहेकले सरकारको नेतृत्व गर्ने प्रस्ताव पनि डा.भट्टराईको थियो । सोही सेरोफेरोमा रहेर आफ्नो पार्टीमा उनले छलफल चलाएका हुन् । पार्टीको शीर्ष तहमा भोलि पनि छलफल हुने बताइएको छ ।

​अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतोले आजै प्रधानमन्त्री केपी शर्मा अ‍ोलीसँग दुईपटक भेटिसकेका छन् भने एकपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । प्रधानमन्त्री ओलीसँगको भेटमा आफूहरु सरकार निर्माणका लागि तटस्थ नै बस्ने कुरा दोहोर्‍याएका थिए । आफ्ना पार्टीका सांसदहरु एक ढिक्का रहेको र सांसद संख्या अझै बढ्ने बताएका थिए । ओलीसँग उनीहरुका बीचमा लामो कुराकानी भएको थियो ।

त्यसपछि अध्यक्ष ठाकुर र महतोले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर जसपा नेपालको एक नम्बरको अध्यक्ष ठाकुर रहेको र अध्यक्ष उपेन्द्र यादवबाट आउने निर्णयहरुलाई मान्यता दिन आग्रहसहितको पत्र बुझाएको दाबी स्रोतको रहेको छ । यद्यपि वरिष्ठ नेता महतोले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीलाई भेटेको कुरालाई इन्कार गरिरहेका छन् । 

जसपाले भोलिसम्म एकीकृत धारणा तय गर्छ : भट्टराई

बुधबार ललितपुरको बालकुमारीस्थित पार्टी कार्यालयमा भएको छलफलमा शीर्ष तहबाट वैकल्पिक सरकार गठनका विभिन्न विकल्पबारे विचारहरु आएको नेता बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

लोकतान्त्रिक पार्टी भएकाले फरक–फरक धारणा आउनु स्वभाविक भएको भन्दै उनले छलफल जारी भएकाले बिहीबारसम्म पार्टीको एकीकृत धारण तय गरिने जानकारी दिए ।

बुधबारको अनौपचारिक छलफलमा आएका विचारहरूमाथि थप छलफल गरी राष्ट्रिय राजनीतिमा योगदान पुग्ने गरी एकीकृत निर्णय गरिने उनले बताए । भट्टराईले सञ्चारकर्मीसँग भने ‘हाम्रो पार्टीको दुई खेमा होइन, फरक–फरक विचारहरु छन्, यो स्वाभाविक हो लोकतान्त्रिक पार्टीमा ।’

संविधानको धारा ७६ को २ अनुसारको बैकल्पिक सरकार निर्माणका लागि दाबी पेश गर्ने अन्तिम म्याद विहीबार सकिँदैछ । त्यसकै निम्ति पार्टीको शीर्ष तहमा अनौपचारिक कुराकानी गरेको भट्टराईले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४