Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

माधव समूहले ओली र जसपाको निर्णय कुर्ने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख २९ २०७८
  • 5.6K
    SHARES

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीको निर्णयलाई कुर्ने भएको छ ।

सोमबार पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासका मत लिँदा संसदमा अनुपपस्थित भएको नेपाल समूहका स्थायी कमिटी सदस्यहरुको भर्चुअल छलफल मंगलबार दिउँसो भएको थियो । छलफलमा पार्टी अध्यक्ष ओलीको कदम र पहलकदमी हेरेर थप निर्णय लिन नेताहरु सहमत भएका छन् । ‘राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ, त्यो हेरेर मात्रै थप निर्णय लिने निष्कर्षमा पुगेका छौं’, स्थायी कमिटी सदस्य बेदुराम भुसालले भने ।

सोमबार प्रधानमन्त्री ओली पदमुक्त भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीले तीन दिनको समय दिएर संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गरेकी छन् । संसदीय गणितअनुसार नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) मिल्दा गठबन्धनको सरकार बन्नसक्छ ।

बहुमतको सरकार बन्न १३६ मत चाहिन्छ । काँग्रेससँग ६१, माओवादीसँग ४८ र जसपासँग ३२ सिट छ । तर जसपाको एउटा धार (महन्थ ठाकुर र राजेन्द्र महतो)ले कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार निर्माणमा असहमति जनाएकाले एमाले बाहेकको सरकार बन्न सक्ने अवस्था छैन ।

त्यसैले काँग्रेस, माओवादी र जसपाको एउटा धार (उपेन्द्र यादव र बाबुराम भट्टराई) ले माधव नेपाल समूहतिर आश गरेको छ । माधव समूहका सांसदरुले राजीनामा दिएमा वा ओलीले कारबाही गरी पदमुक्त गरेमा संसदको संख्या घट्छ र विपक्षीहरुको बहुमत पुग्नसक्छ ।

तर माधव समूहले कुनै निर्णय गरेन । आफ्नो भूमिका बाहेक गठबन्धन सरकार बन्ने अवस्था भए तत्काल कुनै कदम नचाल्ने यो समूहले संकेत गरेको छ । ‘जसपा एक भएर उभिनासाथ गठबन्धनको सरकार बनिहाल्छ । त्यो पनि हामी हेर्छौ’, बैठकमा सहभागी एक नेताले भने ।

हुन त नेपाल समूहले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रस्ताव राख्नुअघि नै राजीनामा दिने तयारी गरेको थियो । तर अन्तिम समयमा निर्णय पुनर्विचार गर्दै संसद् बैठकमा अनुपस्थित मात्रै भए र एमालेमा एकताको संभावना कायमै छ ।

यद्यपि संसदमा अनुपस्थित भएर दिएको विरोधको संकेत र एकताको अवसरलाई पार्टी अध्यक्ष ओलीले उपयोग गर्दैनन् भन्नेमा नेताहरुको विश्लेषण छ । ‘पार्टी जोगाउन केपी ओली लाग्छन् भन्नेमा विश्वास छैन, तर कुरौ न त भन्ने भयो’, एक नेताले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४