Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोरोनाभाइरसको नयाँ प्रकार अझै विश्वव्यापी चिन्ताको विषय


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख २८ २०७८
  • 2.7K
    SHARES

एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारत, बेलायत, दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई डब्ल्यूएचओले जटिल प्रकारले भाइरसका रूपमा वर्गीकरण गरेको छ ।

डब्ल्यूएचओले भारतमा पाइएको कोरोनाभाइरसको प्रकारलाई सोमबार विश्वव्यापी चिन्ताकोे रूपमा वर्गीकरण गरेको छ । डब्लुएचओका अनुसार प्रारम्भिक अध्ययनहरूले भारतमा देखिएको बी.१.६१७ को सङ्क्रमण अन्य प्रकारभन्दा सजिलै फैलिने देखाएको बताउँदै यस विषयमा थप अध्ययनको आवश्यकता रहेको बताएको छ ।

डब्ल्यूएचओका प्राविधिक प्रमुखले सोमवार अहिले उपलब्ध खोपहरूको भारतीय प्रकारमाथि प्रभावकारिता कम हुनसक्ने देखिएको बताउनुभयो । उहाँले यो प्रकारका लागि खोपको प्रभावकारीता कम हुनु नै चिन्ताको विषय भएको बताउनुभयो ।

भारतमा भेटिएको यो प्रकार ३० भन्दा बढी मुलुकहरूमा फैलिसकेको डब्ल्यूएचआले जनाएको छ । यसबाहेक बेलायत ९यूके०, दक्षिण अफ्रिका र ब्राजिलका कोभिड–१९ का प्रकारहरूलाई पनि डब्ल्यूएचओले उस्तै प्रकारले वर्गीकरण गरेको छ ।

कुनैपनि प्रकारलाई डब्ल्यूएचओले चिन्ताको प्रकारमा वर्गीकरण गर्दा सहज सङ्क्रमण, गम्भीर लक्षण, एन्टीबडीको कम प्रभावकारिता र उपचार एवम् खोपको कम प्रभावकारिताको आधार हेर्ने गरेको ती अधिकारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४