Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गृहमन्त्री थापाले गरे राजसंस्था फर्किने संकेत, क–कसको छ साथ?


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १७ २०७५
  • 4.7K
    SHARES

गृहमन्त्री थापाले गरे राजसंस्था फर्किने संकेत, क–कसको छ साथ?

जन न्युज नेपाल खबर डट कम :बिशेष प्रतिनिधि काठमाडौ :- २०७५-२-१७ गते

चितवन । गृहमन्त्री एवं नेकपाका शीर्ष नेता रामबहादुर थापा बादलले नेपालमा राजसंस्था फर्किने संकेत गरेका छन्। विहीबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै थापाले सांकेतिक रुपमा राजसंस्था फर्काउने अन्तिम कसरत भइरहेको बताए। 

मन्त्री थापाले गणतन्त्रसहित अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेको तथा यसमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह पनि संलग्न रहेको दाबी गरे।

‘हिजोको जस्तो स्थिती पैदा गर्न गणतन्त्र र उपलब्धिलाई उल्ट्याउने षडयन्त्र कायमै छ’, मन्त्री थापाले भने । परिवर्तन उल्ट्याउने खेलमा विप्लवदेखि कमल थापाको राप्रपासम्म लागि परेको र कांग्रेस नेतृत्वमा रहेका उच्च नेताको समर्थन रहेको संकेत मन्त्री थापाले खुलाएका थिए। 

पछिल्लो समय संवैधानिक राजतन्त्र फर्काउन भारत, चीन सक्रिय रहेको बताइन्छ। यसमा अमेरिकाको पनि साथ खबरहरु आइरहेका छन्। त्यस्तै माहोल बनाउन पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वयुवराज्ञी हिमानी शाहको बैंकक, भारत र चीनमा बेलाबेला भ्रमण हुँदै आइरहेको छ। जानकार सुत्रहरुका अनुसार स्वयं प्रधानमन्त्री केपी शर्मा ओली नै ढिलोचाँडो राष्ट्रिय एकताका लागि राजसंस्था राख्नुपर्छ भन्ने लाइनमा रहेको बताइन्छ। 

तर, तत्कालिन नेकपा माओवादी केन्द्र भने यसको पक्षमा छैन्। गृहमन्त्री थापा पनि माओवादीबाट नेकपामा मिसिएका नेता हुन्। उनले प्रष्ट रुपमा कसैलाई नभनेपछि आफ्नै पार्टी अध्यक्ष ओलीलाई समेत परिवर्तनका उपलब्धि उल्ट्याउन खोजेको संकेत दिएका छन्। 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४