Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाले ओलीलाई भने : जनता मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्री


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 3.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संक्रमणको भयावह अवस्था आउनुमा सरकार जिम्मेवार भएको बताएका छन् ।

विश्वासको मत माग्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमाथि संसदमा भएको छलफलमा भाग लिँदै देउवाले सरकारले समयमै काम नगर्दा महामारीको भयावह अवस्था आएको बताए ।

उनले अघि भने, ‘दुई साता अगाडि बढ्न थालेको अवस्थामा प्रधनमन्त्रीजी ठूलो तामझामका साथ तयार नै नभएको धरहरा उद्घाटन गर्न जानुभयो । यो गैर जिम्मेवारीको नमुना हो ।’

उनले कमिसनका कारण खोप आउन नसकेको दाबी गरे । सरकार नै भ्रष्टाचारमा संलग्न भएको भन्दै देउवाले जनताको जीवन रक्षा गर्ने औषधिमा भ्रष्टाचार गर्नु जनतताविरुद्धको अक्ष्यम्य अपराध भएको बताए ।

पहिलो लहरमा स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको र अहिले खोपमा भ्रष्टाचार भएको भन्दै उनले भने, ‘यो भन्दा निर्लज्जता के हुनसक्छ ? व्यापारिक घरानाहरुलाई पोस्न तपाईंले नेपाली जनताको जीवन दाउमा लगाउनुभएको इतिहासले बिर्सन्छ ?’

प्रधानमन्त्री ओली स्वयंले औषधि नपाएर कुनै पनि नेपालीले ज्यान गुमाउनुपर्ने छैन भनेको स्मरण गर्दै उनले प्रश्न गरे, ‘आज ज्यान गुमाइरहेकाहरु नेपाली होइनन् ? कहाँ गयो तपाईंको प्रतिवद्धता ?’

देउवाले अघि भने, ‘जनताका लागि अक्सिजनको व्यवस्था गर्न नसक्ने, आक्सिजन बेड, आईसीयू, भेन्टिलेटर र अस्पतालको अभावमा जनतामा मरिरहँदा टुलुटुलु हेरिरहेका निरीह प्रधानमन्त्रीले भाषणमा आत्मरति र आत्मप्रशंसा गर्नु विडम्बनाबाहेक के हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४