काठमाडौँ । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले संसदमा अनुपस्थित हुने निर्णय गरेको छ ।
सोमबार बिहान सिंहदरबारमा बसेको सांसदको बैठकले यस्तो निर्णय गरेको हो । प्रधानमन्त्री ओलीले दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।
सांसदहरुको बैठकपछि अहिले सिंहदरबारमा खनाल–नेपाल समूहको स्थायी कमिटी बैठक बसिरहेको छ । सांसदहरूले अनुपस्थित हुने कि राजीनामा दिने भन्नेबारे स्थायी कमिटीले अन्तिम निर्णय गर्ने एक नेताले जानकारी दिए ।