Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा थप ११ जना कोरोना संक्रमितको मृत्‍यु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 2.6K
    SHARES

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्‍यु हुनेको संख्या २६२ पुगेको छ ।

पोखरा महानगर १७ का ५३ वर्षीय पुरूषको वैशाख २६ गते बिहान ५:३५ बजे गण्डकी मेडिकल कलेजमा मृत्‍यु भएको छ। उनलाई २० गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै रुपन्देही सिद्धार्थनगर नगरपालिका-८ का ६० वर्षीय पुरुषको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा वैशाख २५ गते राति ११:३० बजे मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना स्क्रमण पुष्टि भएको थियो ।

यस्तै स्याङ्जा वालिङ नगरपालिका- ३ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारको क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वैशाख २५ गते मृत्यु भएको छ । उनीलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यसैगरी वैशाख २५ गते पोखराको मेडिप्लस अस्पतालमा उपचाररत पोखरा महानगरपालिका-९की ३१ वर्षीया कोरोना संक्रमित महिलाको राति ११: २२ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै म्‍याग्दी, मालिका गाउँपालिका ५का ५८ वर्षीय पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पतालमा वैशाख २४ गते साँझ ६:१५ बजे मृत्‍यु भएको छ । उनलाई वैशाख १८ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखराको चरक मेमोरियल अस्पतालमा उपचारको क्रममा स्याङ्जा गल्याङ नगरपालिका -३की ६० वर्षीया कोरोना संक्रमित महिलाको मृत्‍यु भएको छ । उनलाई वैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पोखरा महानगरपालिका-२की ५८ वर्षीया कोरोना संक्रमित महिलाको वैशाख २४ गते साँझ ६:२५ बजे गण्डकी मेढिकल कलेजमा उपचारको क्रममा मृत्‍यु भएको छ । उनलाई वैशाख २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

पोखरा महानगरपालिका- २७का ५२ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा गण्डकी मेडिकल कलेजमा विहान ८:३० बजे मृत्यु भएको छ । उनमा वैशाख २३ गते कोरोना संक्रमण देखिएको थियो ।

यस्तै पोखरा महानगर-१९का ५८ वर्षीय कोरोना संक्रमित पुरुषको वैशाख २५ गते मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा दिउँसो १: 54 बजे मृत्यु भएको छ ।

यस्तै पोखरा महानगरपालिका-१२की ३५ वर्षीया कोरोना संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा वैशाख २५ गते राति ९:०५ बजे मृत्‍यु भएको छ। उनलाई वैशाख १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।

यस्तै पर्वतको कुश्मा नगरपालिका-१३ का ४२ वर्षीय कोरोना संक्रमित पुरूषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा विहान ५:५ बजे मृत्यु भएको हो। उनलाई वैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो साथै कोभिड निमोनियाको पनि समस्या देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४