Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तनहुँमा १०० शय्याको आइसोलेशन कक्ष स्थापना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, बैशाख २६ २०७८
  • 8.2K
    SHARES

तनहुँ । कोरोना भाइरसको नयाँ भेरियन्ट शुरु भएसँगै तनहुँका १० पालिकामध्ये सात पालिकाले १०० शय्या क्षमताको आइसोलेसन कक्ष स्थापना गरेका छन् । कोरोना सङ्क्रमितलाई सुरक्षित स्थानमा राखेर उपचार गर्नका लागि तनहुँका अधिकांश पालिकाले व्यवस्थित आइसोलेशन कक्ष स्थापना गरेका हुन् । जिल्लाको शुक्लागण्डकी नगरपालिकाले दुई स्थानमा गरी ६५ शय्याको आइसोलेशन कक्ष निर्माण गरेको नगर उपप्रमुख सविता रसाइलीले जानकारी दिनुभयो । नगरपालिका क्षेत्रमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या न्यून रहेकाले आवश्यक देखिए क्षमता वृद्धि गर्दै जाने योजना रहेको उहाँले बताउनुभयो ।

ऋषिङ गाउँपालिकाले १०, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका र आँबुखैरेनी गाउँपालिकाले पाँच÷पाँच शय्याको आइसोलेशन कक्ष स्थापना गरेको बताएका छन् ।

व्यास नगरपालिका, भानु नगरपालिका र बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माण गरेका छैनन् । व्यास–१ कराङकाठस्थित क्षत्री समाजको भवनमा ६३ जना क्षमताको क्वारेन्टिन कक्ष निर्माण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले बताउनुभयो । नगरपालिकाका १४ वटै वडामा रहेका आमा समूह, सामुदायिक भवन र खाली जग्गामा आइसोलेशन कक्ष निर्माण गर्न नगरपालिकाले निर्देशन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

भानु नगरपालिकाले गत वर्ष शारदा लोहनी विद्यालयमा २५ शय्या क्षमताको क्वारेन्टिन बनाएकाले अहिले पनि त्यसैलाई कायम गर्ने गरी प्रक्रिया अघि बढाउन लागेको नगर उपप्रमुख आशा थापाले जानकारी दिनुभयो । पालिकाभित्र कोरोना सङ्क्रमितको सङ्ख्या वृद्धि हुँदै गएको अवस्थामा तत्कालै आइसोलेशन कक्ष स्थापना गर्ने तयारीमा रहेको उहाँले बताउनुभयो ।

बन्दिपुर गाउँपालिकाले आइसोलेशन कक्ष निर्माणका लागि प्रक्रिया अघि बढाएको जनाएको छ । गाउँपालिकाभित्र सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिँदै आएको गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापाले जानकारी दिनुभयो । देवघाट गाउँपालिकाले प्रत्येक नाकामा हेल्थ डेस्क राखेर उच्च सर्तकता अपनाउँदै आएको छ । एम्बुलेन्स भाडामा लिएर तयारी अवस्थामा राखिएको र प्रत्येक सामुदायिक वनको पैसाले बिरामी ओसारपसार गर्दा लाग्ने भाडा बेहोर्नुपर्ने निर्णय गरिएको छ । गाउँपालिकाभित्र रहेका माध्यमिक तह र स्वास्थ्य चौकीलाई आइसोलेशन कक्ष बनाउने योजना रहेको गाउँपालिकाका अध्यक्ष दुर्गाबहादुर थापाले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४