काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि सरकारले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको छ ।
बालुवाटारमा शनिबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले वीर अस्पतालको नयाँ भवनलाई कोभिड–१९ को युनिफाइड केन्द्रीय अस्पताल बनाउने निर्णय गरेको हो ।
परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकले उक्त नयाँ भवनलाई सुरुवातमा ५ सय शय्याको युनिफाइड कोभिड–१९ अस्पताल बनाउने निर्णय गरेको छ ।
त्यस्तै उनका अनुसार पाँच सय शय्याबाट सुरु हुने उक्त अस्पतालको विस्तार गरिने र त्यसले कोरोना संक्रमण विरुद्धको लडाईंमा मुलुकभरको अस्पतालहरुको कमान्ड पनि गर्ने भएको छ ।