भक्तपुरको पनौतिमा एउटा घरभित्र यसरी अलपत्र अवस्थामा यसरी एक अँध्यारो कोठाभित्र लम्पसार परेर बसेका यिनि हुन् रामसुन्दर लिङ्देल । बिक्रम भनेर चिनिने यिनी लगभक एक बर्ष जति भयो यसरी लम्पसार भएको बिस्तारामै थन्किएको । फोनमा परेको मायापिरतिले एउटा छुट्टै दाम्पत्य जीवन बनाएको यो परिवार अहिले भने तहसनहस नै भएको छ । उमेरको हिसाबमा एकदमै कलिला मात्रै २३ बर्षका बिक्रिमलाई खुट्टामा क्यान्सर भएसगै यसरी खुट्टाको आकार नै एकदमै भ’यानक देखिन्छ जुन देख्दा मात्रै पनि जो कोहि बिचलित हुनु स्वभाविक हो ।
बिक्रम २३ बरेषका अनि श्रीमती २० बर्षकि ,करिब तीन बर्ष बसेको गहिरो प्रेम पश्चात् मात्रै बिवाहमा परिणत भएको उक्त परिवारको एक छोरी समेत छ ।आफ्नो न्यून आयस्रोत लगभक शून्य बराबरनै भइरहदा आफुलाइ मनलागेको खानेकुरा त खान नपाई रहदा झन उपचारको बारे त कसरी सोच्न सक्दा हुन् ।
एजेन्सी : अफ्रिकी मुलुक मालीकी एक महिलाले एकसाथ ९ बच्चालाई जन्म दिएकी छिन्। २५ वर्षीया हालिमा सिसेले मोरक्कोको एक अस्पतालमा ती बच्चाहरूलाई जन्म दिएकी हुन्। नवजात शिशुमध्ये ५ छोरी र ४ छोरा छन्। उनको गर्भमा धेरैवटा बच्चा रहेको र प्रश्रव हुन विशेषज्ञ चिकित्सक आवश्यक पर्ने थाहा भएपछि मालिका अन्तरिम राष्ट्रपतिले सरकारी कोषबाटै खर्च ब्यहोर्नेगरी सिसेलाई मोरक्कोको अस्पतालमा पठाएका थिए।
पहिले सिसेको गर्भभित्र ७ वटा बच्चा देखिएको चिकित्सकहरूले बताएका छन्। तर, मोरक्कोमा शल्यक्रिया गर्दा उनको पेटमा ९ वटा बच्चा रहेको पाइएको रोयटर्सले लेखेको छ। अहिले आमा र सबै बच्चाको स्वास्थ्यावस्था स्थिर रहेको मालीको स्वास्थ्य मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी दिएको छ। चिकित्सकहरूले पनि यस्तो घटना दुर्लभ रहेको तथा आमा र सबै बच्चाहरूलाई बचाउनसक्नु निकै ठूलो उपलब्धि हुने बताएका छन्।