Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दाङ घटना थप रहस्यमय बन्दै, मृत बालकका शव अभिभावकले अझै बुझेनन्


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख २३ २०७८
  • 4.2K
    SHARES

दाङ। पाँच दिनअघि तुलसीपुर उपमहानगरपालिका–६ को स्याउलीबजारमा रोकिराखेको कारमा मृत भेटिएका बालकका अभिभावकले अझै शव बुझेका छैनन् । घटनामा संलग्नलाई पक्राउ गरी सार्वजनिक नगर्दासम्म शव नउठाउने बालकका अभिभावकले बताएका छन् ।

उनीहरुले बुधबार उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलाई भेट गरी ध्यानाकर्षणसमेत गराएका छन् । सो अवसरमा उपमहानगरपालिकाका मेयर पाण्डेले अनुसन्धानमा सहयोग गर्न पीडित परिवारलाई आग्रह गरेका छन् । मेयर पाण्डेले अपराधपूर्ण कार्य भए कारवाही गर्नुपर्ने जनाउँदै त्यसका लागि पीडित परिवारले अनुसन्धानका लागि थप प्रमाण जुटाउनका लागि सहयोग गर्नुपर्ने बताए । घटनालाई निष्पक्ष तवरले अनुसन्धान गर्न तुलसीपुर प्रहरीलाई निर्देशन दिइएको उल्लेख गर्दै मेयर पाण्डेले भिसेरा रिपोर्टपछि घटनाको वास्तविकता खुल्ने जनाए ।

त्यसैगरी उनले पीडित परिवारलाई प्रतिव्यक्ति २५ हजारका दरले उपमहानगरपालिकाले सहयोगस्वरुप किरीया खर्च उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा दलित मुक्ति मोर्चाका अध्यक्ष सुरज परियारले घटना हत्या नै भएको बताए ।

सो घटनाको अनुसन्धान गर्न बाँकेबाट तालिमप्राप्त कुकुरसहित विशेषज्ञको टोली आएको थियो । शव परीक्षणका लागि बुटवलबाट विशेषज्ञ चिकित्सक बोलाइएको थियो । परीक्षण रिपोर्टमा चिकित्सकले शव सडेगलेको हुँदा विषादी सेवन वा अन्य यस्तै कारणले मृत्यु भएको हो या होइन भनी अनुसन्धान गर्न समस्या भएकाले भिसेरा परीक्षणका लागि काठमाडौँ पठाइसकेको तुलसीपुर इलाका प्रहरी कार्यालय प्रमुख शिवबहादुर सिंहले जानकारी दिए ।

तुलसीपुरको स्याउली बजारमा गत बैशाख १९ गते आरजेओआईसीसी ०८८५ भारतीय नंको कारमा बरुवागाउँ निवासी भीमबहादुर परियारका नौ वर्षका छोरा सन्दीप, सोही ठाउँका सन्तोष परियारका सात वर्षका छोरा सुवर्ण र कृष्ण परियारका छ वर्षका छोरा करण मृतावस्थामा भेटिएका थिए।यसअघि प्रहरीको प्रारम्भिक अनुसन्धानले बालकहरु ताससहित उक्त कार भित्र  छिरेको र पछि कार लकहुँदा मृत्यु भएको निष्कर्ष निकालेको थियो।

प्रहरीले अहिले कारधनी यादवप्रसाद गैरे र चालक पदमबहादुर बस्नेतलाई पक्राउ गरी ज्यान मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४